गैरआवासीय नेपाली तारा– ४ को दोस्रो चरणको छनौट शुक्रबार

आदर्श अनलाइन, दोहा कतार

गैरआवासीय नेपाली संघ,राष्ट्रिय समन्वय परिषद् कतार र तमु (गुरुङ) समाज कतारको संयुक्त आयोजनामा आयोजित ‘गैरआवासीय नेपाली तारा – ४’ को दोस्रो चरणको छनौट शुक्रबार हुने भएको छ । राष्ट्रिय आविष्कार केन्द्रको सहयोगार्थ आयोजित कार्यक्रमको दोस्रो चरणको छनौट डिसेम्बर २२ तारिख शुक्रबार कतार च्यारिटिको न्यु सलतामा रहेको सभाहलमा हुनेछ ।

कार्यक्रमको मेघा अडिसनमार्फत गायन विधाबाट २७ जना र नृत्य विधाबाट १४ जना प्रतियोगी दोस्रो चरणमा प्रवेश गरेका प्रतियोगी बीच बिहान ठिक ९ बजे देखि छनौट कार्यक्रम सुरु हुने गैरआवासीय नेपाली संघ,राष्ट्रिय समन्वय परिषद कतारका सास्कृतिक विभाग संयोजक विवेक पुलामी मगरले जानकारी दिनुभयो ।

’नेपाली कला संस्कृतिको सम्मान गरौं, प्रवासमा रहेको प्रतिभाको खोजी गरौं’ भन्ने नाराका साथ आयोजना गरिएको गैरआवासीय नेपाली तारा– ४ को बिजेताले नगद रु १ लाख एकासी हजार प्राप्त गर्नेछन् । नृत्य विधाका विजेताले भने नगद रु १ लाख पचास हजार रुपैयाँ सहित ट्रफी प्राप्त गर्नेछन् । गायन बिधाका प्रतिस्पर्धी बाट गैरआवासीय नेपाली तारा– ४ घोषणा गरिने छ ।

प्रतियोगिताको उपविजेताले नगद रु पचहत्तर हजार रुपैयाँ प्राप्त गर्नेछन् । कार्यक्रमबाट भएको बचतको ६५ प्रतिशत रकम राष्ट्रिय आविष्कार केन्द्रलाई सहयोग गरिने आयोजक सस्थाले घोषणा गरेका छन । प्रतियोगिताको तेस्रो चरणको छनोट १२ जनवरि २०२४ र फाइनल २ फेब्रुअरी २०२४ मा हुनेछ ।

No description available.

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *