बागलुङमा जिल्ला विद्यालय स्तरीय शिक्षकहरुको व्याडमिन्टन प्रतियोगिता हुने

रोहन जि.सी, बागलुङ

बागलुङमा जिल्ला विद्यालय स्तरीय शिक्षकहरुको व्याडमिन्टन प्रतियोगिता हुने भएको छ । पुस १४ गतेबाट चिल्ड्रेन लाईफ स्पोटर्स क्लबको आयोजनामा व्याडमिन्टन प्रतियोगिता हुन लागेको हो ।

स्वास्थ्यका लागि खेलकुद अवधारणा अन्तर्गत पुस १४ र १५ गते बागलुङ जिल्लाका विभिन्न विद्यालयमा अध्यापन गराउने शिक्षकहरु बीच व्याडमिन्टन प्रतियोगिता संचालन गर्न लागिएको चिल्ड्रेन लाईफ स्पोटर्स क्लबका उपाध्यक्ष जिवन रोका क्षेत्रीले जानकारी दिनुभयो ।

शिक्षकहरुले पाठ्यक्रमको शिक्षणमा मात्र नभएर खेल क्षेत्र तथा अतिरिक्त क्रियाकलापमा पनि सबल रहन तथा जोड्नका लागि समेत शिक्षकहरुलाई खेलकुद क्षेत्रमा आकर्षित गरी बागलुङमा ब्याडमिन्टन प्रतियोगिता सञ्चालन गर्न लागिएको बताइएको छ ।

खेलको विकास तथा विस्तार गर्ने, विद्यालयका शिक्षकहरुमा ब्याडमिन्टन खेल प्रति रुची जगाउने लक्ष्य सहित प्रतियोगिता संचालन गर्न लागिएको चिल्ड्रेन लाईफ स्पोटर्स क्लबका सदस्य सुशिल राजभण्डारीले बताउनुभयो ।

प्रतियोगितामा बागलुङ जिल्ला अन्तर्गतका विभिन्न सामुदायीक एंव निजी विद्यालयमा अध्यापन गराउने शिक्षकहरुको सहभागीतामा रहने छ । उक्त ब्याडमिन्टन प्रतियोगितामा डबल्स प्रणालीले प्रतियोगिता संचालन हुनेचिल्ड्रेन लाईफ स्पोटर्स क्लबका सचिव तार्जन कायत मगरले जानकारी दिनुभयो ।

बागलुङ नगरपालिका वडा नम्बर २ स्थित रुद्रेपिपलको कभर्ड हलमा प्रतियोगिताका सबै खेलहरू संचालन हुने छन् । प्रतियोगितामा सहभागिताका लागि पुस १३ गतेसम्म टिम दर्ता गर्नुपर्ने आयोजकले जानकारी दिएको छ ।

प्रतियोगिताको विजेता टोलीले १० हजार, मेडल, ट्रफी र प्रमाणपत्र र दोस्रो टोलीले ६ हजार, मेडल, ट्रफी र प्रमाण पत्र प्राप्त गर्ने चिल्ड्रेन लाईफ स्पोटर्स क्लबका कोषाध्यक्ष सौगातजंग खड्काले जानकारी दिनुभयो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *