बागलुङमा प्रथम स्मृति कप सेभेन ए साइड फुटबल प्रतियोगिता हुने

रोहन जि.सी, बागलुङ

बागलुङमा पुस २७ गतेदेखी प्रथम स्मृति कप खुल्ला सेभेन ए साइड फुटबल प्रतियोगिता शुरु हुने भएको छ । बागलुङ एकता क्लबको आयोजनामा पुस २७ गतेदेखी माघ १ गतेसम्म बागलुङमा संचालन हुने गरि प्रथम स्मृति कप खुल्ला सेभेन ए साइड फुटबल प्रतियोगिता २०८० शुरु हुन लागेको हो ।

बागलुङ एकता क्लबका पुर्व सदस्यहरु स्व आशिष खत्री, स्व रविन पुन, स्व सुनिल पुन, स्व जित घर्ति, स्व विवेक श्रेष्ठ, स्व शुसिल जि.सी, स्व सुनिल के.सी, स्व क्षितिज श्रेष्ठको स्मृतिमा उक्त प्रतियोगिता सञ्चालन हुनगईरहेको छ ।

खेलमा विभिन्न क्लब, संस्था, फर्मका खेलाडीहरुको सहभागिता रहने आयोजकले जनाएको छ ।
‘पछिल्लो समय खेलकुदमा युवाहरुको राम्रो क्रेज छ अहिले फुटबलले पनि पाइरहेको छ, त्यही क्रेज नघटोस् र युवाहरु खेलप्रति विश्वास जगाउन पनि प्रतियोगिता आयोजना गरेको क्लबका अध्यक्ष इन्सान थापाले बताउनुभयो ।

उहाँले प्रतियोगिताबाट नयाँ खेलाडी उत्पादन हुने पनि विश्वास गरेकोमा जोड दिनुभयो । खेलकुदको पहिचान एकताको अभियान’ नारा दिइएको उक्त फुटबल प्रतियोगिता बागलुङ नगरपालिका वडा नम्बर १ मा रहेको बाङ्गेचौर खेल मैदानमा सञ्चालन हुने सचिव रमेश भण्डारीले जानकारी दिनुभयो ।

प्रतियोगितामा सहभागिताका लागि पुस २६ गतेसम्म टिम दर्ता गर्नुपर्ने आयोजकले जानकारी दिएको छ ।

प्रतियोगिताको विजेता टोलीले ६६ हजार ६६६, मेडल, ट्रफी र प्रमाण पत्र र दोस्रो टोलीले ३३ हजार ३३३, मेडल, ट्रफी र प्रमाण पत्र प्राप्त गर्ने छन् । सर्वोत्कृष्ट खेलाडी सहित विधागत उत्कृष्ट खेलाडी पनि पुरस्कृत हुने क्लबका उपाध्यक्ष सन्तोष मल्लले जानकारी दिनुभयो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *