विवाइसीको ३२ औं वार्षिक साधारण सभा तथा १२ औं अधिवेशन

आदर्श अनलाइन, बागलुङ
विवाइसी बागलुङको ३२ औं वार्षिक साधारण सभा तथा १२ औं अधिवेशन शनिबार शुरु भएको छ । अधिवेशनको उद्घाटन पछि बोल्दै गैर सहकारी संस्था महासंघका केन्द्रिय अध्यक्ष राम प्रसाद सुवेदीले गैससलाई गणतन्त्र नआएको टिप्पणी गर्नुभएको छ ।

पुरानै ऐन तथा नियममा गैर सरकारी संस्थालाई सञ्चालन गर्न निकै कठिनाई भइरहेको बताउदै नयाँ कानून आउन आवश्यक रहेको बताउनुभयो । पुरानै ढंगबाट गैसस चलेको भन्दै स्थिर सरकार आएमा मात्रै गैससमैत्री कानून आउने बताउदै देशमा गणतन्त्र आएपनि गैससलाई गणतन्त्र नआएको बताउनुभयो ।

कार्यक्रममा जिल्ला समन्वय समिति बागलुङका प्रमुख अमर थापा, काठेखोला गाउँपालिका उपाध्यक्ष तिकल थापा, नेकपा एमालेका जिल्ला अध्यक्ष हिरा बहादुर केसी, संस्थापक अध्यक्ष टिकाराम सापकोटा, पूर्व अध्यक्ष अमर थापा, सल्लाकहार डिल्लिराज गौतम, एकिकृत समाजवादी जिल्ला अध्यक्ष लाल बहादुर थापा, संस्थापक उपाध्यक्ष मेहेन्द्र केसी, ठूलीदिदि कृष्ण थापा, गलकोट नगरपालिका–२ का वडा अध्यक्ष हिम बहादुर भण्डारी, काठेखोला गाउँपालिका–२ का वडा अध्यक्ष विद्यापती शर्मा, पूर्व अध्यक्ष चन्द्रामणी उपाध्यक्ष, गैसस महासंघ बागलङका अध्यक्ष मुत्तिराम सापकोटा र भिएसोका प्रतिनिधि काम्जगाले मन्तव्य व्यक्त गर्नूभएको थियो ।

कार्यक्रम विवाईसी बागलुङका अध्यक्ष मणीभद्र शर्माको अध्यक्षता, उपाध्यक्ष तोया गौतमको स्वागत तथा सचिव दिपक गौतमको सञ्चालनमा सम्पन्न भएको थियो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *