अनेरास्ववियु गण्डकीको अध्यक्षमा गोरखाका श्रेष्ठ

आदर्श अनलाइन,पोखरा
नेकपा एमालेको विद्यार्थी संगठन अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) को प्रथम गण्डकी प्रदेश कमिटी अधिवेशनबाट गोरखाका प्रवीण श्रेष्ठ सर्वसम्मत अध्यक्षमा चयन हुनुभएको छ । पोखरामा पुस ६ र ७ गते सम्पन्न प्रदेश अधिवेशनबाट प्रवीणको नेतृत्वमा नयाँ कार्यसमिति सर्वसम्मत भएको हो ।

कमिटीको उपाध्यक्षमा कास्कीका सुशन घिमिरे र स्याङ्जाका विश्वदर्शन पराजुली र सचिवमा नवलपुरका सुरज सापकोटा चयन हुनुभएको छ । उपसचिवमा कृति भट्टराई, अनिल कुवर, स्विकार पोखरेल र दिनानाथ लामिछाने तथा कोषाध्यक्षमा विक्रम क्षेत्री रहनुभएको छ ।

त्यस्तै अनेरास्ववियु गण्डकी प्रदेशमा बागलुङ जिल्लाबाट प्रदेश कमिटी सदस्यमा रबिना बि.क, बिन्दु पाठक, मोहन बुढा मगर, अमृत बि.क र जमुना शर्मा सर्बसम्मत चयन हुनुभएको छ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *