रायडाँडामा बाल सञ्जाल तथा वडा समिति गठन


आदर्श अनलाइन, बागलुङ

बागलुङ नगरपालिकालाई २०८१ पौष मसान्त सम्म बालमैत्री स्थानीय शासनयुक्त नगरपालिका बनाउने अभियान अन्र्तगत आइतबार रायडाँडामा बाल सञ्जाल तथा वडा समिति गठन गरिएको छ ।
वडा–वडालाई बालमैत्री बनाएपछि मात्रै नगरपालिका बालमैत्री गराउनका लागि नगरपालिकाको बालमैत्री अभियान वडा केन्द्रित भएसंगै बालमैत्री अभियानले तिब्रता पाएको छ । रायडाँडा संगै हाल सम्म चार वटा वडामा बाल सञ्जाल गठन भइसकेको छ ।



बागलुङ नगरपालिका–११ रायडाँडालाई बालमैत्री वडा बनाउनका लागि एक कार्यक्रमका बीच बाल सञ्जाल गठन तथा वडा समिति गठन गरिएको छ । बालमैत्री मालिका बनाउनका लागि सरोकारवालाले प्रतिबद्धता सहित हस्ताक्षरसमेत गरेका थिए । कार्यक्रमको उद्घाटन गर्दै बागलुङ नगरपालिकाका नगर प्रमुख बसन्त कुमार श्रेष्ठले पछि परेको रायडाँडामा विकासले गति लिएको बताउदै बालमैत्री अभियानमा रायडाँडाका जनताको साथ पाउन थालेको बताउनुभयो ।

चार वटा वडामा बालमैत्री स्थानीय शासन युक्त नगरपालिका बनाउन शुभारम्भ भइसकेको बताउदै श्रेष्ठले रायडाँडाको विकासमा नगरपालिकाको विशेष ध्यान जाने बताउनुभयो । कार्यक्रममा बालमैत्री नगरको विषयमा नगर शिक्षा अधिकारी धन प्रसाद पोख्रेलले सहजीकरण गर्नुभएको थियो ।

कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत हरिदत्त कंडेलले नगरपालिकाले बालमैत्री स्थानीय शासन युक्त नगरपालिका बनाउनका लागि सम्पूर्ण शक्ती लगाएको बताउनुभयो । बागलुङ नगरपालिका वडा नम्बर ११ का वडा अध्यक्ष ज्ञानेन्द्र गौतमको अध्यक्षता, वडा सदस्य खेम बहादुर थापाको स्वागत तथा महिला तथा बालबालिका शाखा प्रमुख सरस्वती रेग्मीको सञ्चालनमा सम्पन्न भएको थियो ।
कार्यक्रममा सन्देश थापाको अध्यक्ष रहेको १७ सदस्यीय वडा स्तरीय बाल सञ्जाल गठन गरिएको छ । समितिको उपाध्यक्षमा प्रशंसा थापा, सचिवमा सिता घर्ती,सहसचिवमा पयरी थापा र कोषध्यक्षमा गणेश नेपाली चयन हुनुभएको छ ।

त्यस्तै, वडा अध्यक्ष ज्ञानेन्द्र गौतमको अध्यक्षतामा १८ सदस्यीय बालमैत्री वडा समिति गठन गरिएको छ । समितिको सदस्यहरुमा टुका देवि शर्मा, खेम थापा मगर, नन्द बहादुर थापा, गंगा बस्याल, केयरसिंह थापा, घनश्याम आचार्य, राजेन्द्र बहादुर थापा, दुर्गा बहाुदुर थापा, तुल कुमारी बानिया, सपना हरिजन, लक्ष्मी जिसी, चक्रपाणी गौतम, रत्न बहादुर थापा, केदार आचार्य, सन्देश थापा, प्रशंसा थापा र ऋषिराम गोतामे रहनुभएको थियो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *