विवाईसी बागलुङको अध्यक्षमा गौतम


आदर्श अनलाइन, बागलुङ
विवाईसी बागलुङको अध्यक्षमा तोयानाथ गौतम सर्वसम्मत निर्वाचित भएका छन् ।

शनिबारदेखि शुरु भएको अधिवेशनले सोमबार नेतृत्व चयन गरेको थियो । १२ औं अधिवेशनबाट गौतमको नेतृत्वमा सर्वसम्मत ११ सदस्य नयाँ कार्यसमिति चयन गरिएको हो ।

समितिको उपाध्यक्षमा गंगा शर्मा, सचिवमा विक्रम शर्मा, सह–सचिवमा चुडामणि उपाध्याय, कोषाध्यक्षमा राजु निउरे रहेको निर्वाचित समितिका संयोजक डिल्लीराज गौतमले आदर्श अनलाइनलाई जानकारी दिनुभयो ।

यस्तै सदस्यहरुमा खिम बहादुर कार्की, विष्णु गौतम, सुरेश थापा, नारायणदत्त रेग्मी, शान्ति ज्ञवाली, प्रेम केसी र टिकाराम शर्मा सर्वसम्मत निर्वाचित भएका छन् ।

निर्वाचन प्रकृयामा निर्वतमान अध्यक्ष मणीभद्र शर्मा, तायोनाथ गौतम, दिपक गौतम र महेन्द्र केसी गरी चार जनाले अध्यक्षमा उम्मेदवारी दर्ता गराएका थिए । दुई दिन सम्म चलेको छलफलपछि मणीभद्र शर्मा, दिपक गौतम र मेहन्द्र केसीले उम्मेदवारी फिर्ता लिएपछि तोया गौतम अध्यक्षमा चयन हुनुभएको थियो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *