सहकारी सहज रुपमा सञ्चालनका लागि कर्जा सूचना केन्द्र स्थापना अबको बटमलाईन : वरिष्ठ उपाध्यक्ष मल्ल

आदर्श अनलाइन, बागलुङ

राष्ट्रिय सहकारी महासंघका वरिष्ठ उपाध्यक्ष ओमदेवी मल्लले सहकारीलाई सहज रुपमा अगाडि बढाउनका लागि कर्जा सूचना केन्द्र अबको मुख्य प्राथमिकता हुनु पर्नेमा जोड दिनु भएको छ ।

जिल्ला सहकारी संघ लिमिटेड बागलुङको १५ औं वार्षिक साधारणसभाको शुक्रवार उद्घाटनपछि बोल्दै मल्लले सहकारीलाई सहज रुपमा सञ्चालनका लागि ऋण असुली प्रक्रियालाई प्रभावकारी बनाउनु पर्ने र त्यसका लागि कर्जा सूचना केन्द्र पहिलो प्राथमिकता भएको बताउनुभयो ।

No description available.

सहकारीमा समस्या आउनुका पछाडि सहकारी ऐन २०७४ प्रभावकारी रुपमा कार्यान्वयन नहुनु प्रमुख कारण हो, ऐनमा भएका कर्जा सूचना केन्द्र, कर्जा असुली न्यायाधीकरण, वचत तथा कर्जा सुरक्षण कोष लगायतका प्रावधानहरुलाई कार्यान्वयन गर्न राज्य उदासिन देखिएको उहाँको आरोप छ ।

हामीले अभियानको तर्फबाट धेरै पटक धेरै तरिकाले सुझाव, दवाव र खबरदारी गरेका छौ, अनुरोध तथा ध्यानाकर्षण गराएका छौ, आन्दोलित समेत भएका छौ, वरिष्ठ उपाध्यक्ष मल्लले भन्नुभयो, –‘राज्यले ऐन कार्यान्वयनमा चासो नदेखाएका कारण ऐनमा भएका प्रावधानहरु कार्यान्वयनमा आउन सकेनन् ।’

No description available.

सहकारीलाई सफल बनाउनका लागि सदस्यहरुलाई सचेत, सक्रिय र आलोचनात्मक बनाउनका लागि संस्थाहरुको योजना तथा अभियान र राज्यको सहयोग र समन्वय आवश्यक रहेको उहाँको भनाइ थियो ।

सहकारी समाज रुपान्तरणको महत्वपूर्ण आधार हो, आम जनताको जीवनस्तरमा सुधार ल्याउने यो क्षेत्रलाई अगाडि बढ्न नदिन विभिन्न क्षेत्रबाट अवरोध भएको चर्चा गर्दै उहाँले सम्पूर्ण सहकारीकर्मीहरु एकतावद्ध भएर सहकारी अभियानलाई थप गति दिने गरी अगाडि बढ्न उहाँले आव्हान गर्नु भयो ।

No description available.

कार्यक्रममा राष्ट्रिय सहकारी बैकका सञ्चालक राम बहादुर जिसी, नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ (नेफ्स्कुन) का सञ्चालक कमलादेवी गिरी, केन्द्रीय दुग्ध उत्पादक सहकारी संघका सञ्चालक तथा गण्डकी प्रदेशका संयोजक दिपक गौतम, जिल्ला सहकारी संघ बागलुङका सल्लाहकार तेजेन्द्र बहादुर थापा, जिल्ला बहुउद्देश्यीय सहकारी संघका अध्यक्ष दुर्गा बहादुर कुँवर, बागलुङ नगरपालिका सहकारी शाखाका प्रमुख प्रेम प्रसाद शर्मा लगायतले शुभकामना मन्तव्य व्यक्त गर्नु भएको थियो ।

No description available.

जिल्ला सहकारी संघ बागलुङका अध्यक्ष तथा राष्ट्रिय सहकारी महासंघका सञ्चालक हुमा कुमारी जि.सी.(अञ्जु) को अध्यक्षतामा सम्पन्न कार्यक्रममा स्वागत उपाध्यक्ष पिंगला खड्का जिसी र सञ्चालन सचिव तेज प्रसाद शर्माले गर्नु भएको थियो ।

साधारणसभाले सचिव शर्माले प्रस्तुत गरेको प्रगति प्रतिवेदन, कोषाध्यक्ष लक्ष्मण पुनले प्रस्तुत गरेको आर्थिक प्रतिवेदन र लेखा सुपरीवेक्षण समितिका तर्फबाट संयोजक मिन बहादुर केसीले प्रस्तुत गरेको लेखा सुपरीवेक्षण समितिको प्रतिवेदन सर्वसम्मत पारित गरेको छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *