शिक्षक हित सहकारी बागलुङको अध्यक्षमा अधिकारी

आदर्श अनलाइन, बागलुङ,

शिक्षक हित बचत तथा ऋण सहकारी संस्था लिमिटेडको १२ औ साधारण सभा शनिबार एक समारोहका बिच सम्पन्न भएको छ । साधारण सभाले दिनेश अधिकारीको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ ।

समितिको उपाध्यक्षमा महेन्द्र बहादुर कार्की, सचिवमा होमनाथ गौतम, सहसचिवमा शान्ति भण्डारी र कोषाध्यक्षमा भुमिराज शर्मा चयन हुनुभएको छ ।

त्यस्तै सदस्यहरुमा नेत्रराज सिलवाल, दयाराम रेग्मी, डिल्लीराज उपाध्याय, लक्ष्मी विश्वकर्मा, जमुना श्रीस, शंकर थापा, अर्जुन पौडेल रहनुभएको छ । नवनिर्वाचित समितिको लेखा समिति संयोजकमा इन्द्रा खड्का तथा सदस्यहरुमा गोविन्द कार्की र ताराप्रसाद शर्मा चयन हुनुभएको छ ।

साधारण सभाको उद्घाटन नेपाल केन्द्रिय सूचना तथा संचार सहकारी संघका अध्यक्ष तथा पूर्व सांसद मनकुमारी के.सी जि.सीले गर्नुभएको थियो । उद्घाटन पछि बोल्दै के.सीले यस सहकारीले सहकारी शिक्षामा जोड दिदैँ व्यवसायिक र व्यक्तिगत दक्षता र वित्तीय अनुशासनलाई अघि बढाउन विशेष जोड दिएको बताउनुभयो ।

कार्यक्रममा नेपाल केन्द्रिय दुग्ध उत्पादक सहकारी संघका सञ्चालक तथा गण्डकी प्रदेश संयोजक दिपक गौतम, नेपाल राष्ट्रिय शिक्षक संगठनका केन्द्रिय सदस्य गोविन्द बहादुर भण्डारी, नेपाल राष्ट्रिय शिक्षक संगठनका पूर्व केन्द्रिय सदस्य टिकाराम सापकोटा, शिक्षक हित सहकारीका कानुनी सल्लाहकार डाक्टर डिल्लीराज गौतम, नेपाल राष्ट्रिय शिक्षक संगठन बागलुङका अध्यक्ष गंगा शर्मा, नेपाल राष्ट्रिय दलित समाज कल्याण संघका केन्द्रिय सदस्य तारा बहादुर विक, लगायतले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो ।

कार्यक्रममा संस्थामा उत्कृष्ट कारोबार गर्ने सदस्यहरुतर्फ कुल बहादुर कार्की र चन्द्र बहादुर खड्का त्यस्तै उत्कृष्ट कारोबार गर्ने संस्थाहरुतर्फ तितौरे मावि बानपा ७ र बागलुङ दुग्ध उत्पादक सहकारी संघलाई सम्मान गरिएको थियो । त्यस्तै उत्कृष्ट कर्मचारी तर्फ प्रबन्धक तिलक खड्कालाई सम्मान गरिएको थियो ।

कार्यक्रम संस्थाका अध्यक्ष दिनेश अधिकारीको अध्यक्षता, उपाध्यक्ष महेन्द्र कार्कीको स्वागत तथा सचिव होमनाथ गौतमको संचालनमा सम्पन्न भएको थियो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *