शंखधर बहुमुखी सहकारीको २१ औँ साधार सभा सम्पन्न

आदर्श अनलाइन, बागलुङ
बागलुङ नगरपालिकाका नगर उपप्रमुख राजु खड्काले नीति अनुरूप सञ्चालित सहकारीमा समस्या नरहेको बताउनु भएको छ ।

शंखधर बहुमुखी सहकारी संस्था लिमिटेड बागलुङको २१ औँ वार्षिक साधारण सभाको उद्घाटन समारोहमा बोल्दै उपप्रमुख खड्काले एकाध सहकारीमा आएको समस्याको चपेटामा नीतिसंगत चलेका सहकारी समेत पर्न थालेको भन्दै नीतिगत सञ्चालित सहकारीका सेयर सदस्य डराउँनु पर्ने अवस्था नरहेको बताउनुभएको हो ।

उहाँले सबै सहकारी र सञ्चालक खराब हुन भन्ने भ्रम फैलिन थालेको भन्दै सदस्यलाई सचेत बनाउने जिम्मेवारी संस्थाकै भएको बताउनु भयो ।

साधारण सभामा संस्थाका पूर्व अध्यक्ष लालचन्द्र राजभण्डारी, समाजसेवी देव बहादुर श्रेष्ठ, नेपाल भाषा मंका खलका अध्यक्ष मुकेश चन्द्र राजभण्डारी लगाएतले शुभकामना मन्तव्य व्यक्त गर्नु भएको थियो ।

साधारण सभामा सहकारीले जेष्ठ नागरिक सम्मान गरेको छ । प्रचण्ड प्रसाद श्रेष्ठ, लक्ष्मी कुमारी राजभण्डारी, शशी किरण श्रेष्ठ, भगवान जंग राजभण्डारी, ध्रुव प्रसाद श्रेष्ठ, भगवती श्रेष्ठ, श्याम प्रसाद श्रेष्ठ, रमेश कुमार राजभण्डारीलाई सम्मान गरिएको हो ।

त्यसैगरी संस्थाले विद्यार्थीलाई समेत सम्मान गरेको छ । उत्कृष्ट छात्रा तर्फ एलिसा राजभण्डारी र छात्र तर्फ निष्कर्ष श्रेष्ठलाई सम्मान गरिएको छ भने प्रशुन राजभण्डारी, बुद्धम राजभण्डारी, समिक्षा शाक्य, रोजिता राजभण्डारी, विशन वझा, स्वीकृत भारी, सगुन शाक्य, प्रज्वल नारायण भारी, उप्रेमा श्रेष्ठ, रोजेश श्रेष्ठ, श्रीजन श्रेष्ठ, सुशोभन राजभण्डारी, स्वयम सुमार्ग श्रेष्ठ, निशेष श्रेष्ठ, सर्मन राजभण्डारी र शुभम श्रेष्ठलाई पुरस्कृत गरिएको छ ।

साधारण सभामा संस्थाका सचिव युक्तजंग राजभण्डारीले ३६ जना सदस्यबाट सुरू भएको सहकारीमा हाल ५ सय १३ जना सदस्य र २ करोड २४ लाख ५८ हजार ५ सय सेयर पूँजी रहेको प्रगति प्रतिवेदन प्रस्तुत गर्नु भएको थियो । संस्थाका कोषाध्यक्ष टुप्ला प्रसाद श्रेष्ठले आर्थिक प्रतिवेदन प्रस्तुत गर्नु भएको थियो ।

उहाँले आर्थिक वर्ष ०७९÷८० मा १६ करोड २२ लाख ११ हजार ५ सय ३१ निक्षेप संकलन, १ करोड ८८ लाख ३५ हजार ३ सय ६१ ऋण असुली गरेको बताउनु भयो । उहाँले आर्थिक वर्ष ८०÷८१ को लागि प्रस्तावित आय व्याय विवरण समेत प्रस्तुत गर्नु भएको थियो ।

संस्थाका लेखा तथा सुपरिवेक्षण समितिका संयोजक निरज शाक्यले सुझाव सहित लेखा समितिको प्रतिवेदन प्रस्तुत गर्नु भएको थियो ।

साधारण सभाको बन्द सत्रले सचिव, कोषाध्यक्ष र लेखा सुपरिवेक्षण समितिका संयोजकले प्रस्तुत गरेको प्रतिवेदन पारित गरेको छ ।

साधारण सभा संस्थाका अध्यक्ष रतन प्रसाद श्रेष्ठको अध्यक्षता, उपाध्यक्ष सुरेशप्रसाद श्रेष्ठको स्वागत मन्तव्य र सचिव युक्तजंग राजभण्डारीको सञ्चालनमा सम्पन्न भएको थियो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *