तीनचुले सहकारीको साधारणसभा

आदर्श अनलाइन,बागलुङ

तीनचुले बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड काठेखोला गाउँपालिका वडा नं. ३ धम्जाको सातौ वार्षिक साधारणसभा शनिवार सम्पन्न भएको छ ।

साधारणसभाको उद्घाटन राष्ट्रिय सहकारी बैंकका सञ्चालक तथा गण्डकी प्रदेशका संयोजक राम बहादुर जिसीले गर्नु भएको थियो ।

सो अवसरमा बोल्दै जिसीले सहकारीका सदस्यहरुको आर्थिक, सामाजिक रुपान्तरणको अभिन्न अंग बनाउन सकेमा मात्रै सहकारीलाई दिगो रुपमा सञ्चालन गर्न सकिने बताउनु भएको थियो ।
सहकारीका सदस्यहरुलाई सहकारी शिक्षा, तालिम र सचेतना प्रदान गरी निर्धक्कसंग कारोबार गर्ने अवस्थामा ल्याउनका लागि सञ्चालक समितिले अतिरिक्त समय व्यवस्थापन गरी योजनावद्ध तरिकाले अगाडि बढ्नु पर्नेमा जोड दिनुभयो ।

ग्रामिण क्षेत्रको विकासका लागि स्थानीय स्रोतको अधिकतम परिचालनका लागि वडा कार्यालय र सहकारीहरुबीच सहकार्य आवश्यक रहेको जिसीको भनाई थियो ।

कार्यक्रममा काठेखोला गाउँपालिका वडा नं. ३ का वडा अध्यक्ष कुल बहादुर वि.क, पूर्व वडा अध्यक्ष याम बहादुर श्रीस, संस्थाका पूर्व कोषाध्यक्ष लोक बहादुर भण्डारी, हिमचुली कृषि सहकारी संस्थाका अध्यक्ष प्रेम बहादुर श्रीस, प्रगतिशिल महिला सहकारी संस्थाका अध्यक्ष भगवती छन्त्याल, धम्जा कृषि सहकारी संस्थाका प्रतिनिधि कृष्ण जिसी लगायतले शुभकामना मन्तव्य व्यक्त गर्नु भएको थियो ।

साधारणसभामा सचिव बम बहादुर खड्काले प्रगति प्रतिवेदन, कोषाध्यक्ष मिना कुमारी थापा छन्त्यालले आर्थिक प्रतिवेदन र लेखा सुपरीवेक्षण समितिका संयोजक गोविन्द भण्डारीले लेखा प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो ।

कार्यक्रम संस्थाका अध्यक्ष खिम बहादुर छन्त्यालको अध्यक्षता, उपाध्यक्ष टोप बहादुर जिसीको स्वागत र सदस्य गोपाल श्रीसको सञ्चालनमा सम्पन्न भएको थियो ।

साधारणसभाले खिम बहादुर छन्त्यालको अध्यक्षतामा नयाँ सञ्चालक समिति र दल बहादुर थापाको संयोजकत्वमा ३ सदस्यीय लेखा सुपरीवेक्षण समिति चयन गरेको छ ।

सञ्चालक समितिको उपाध्यक्षमा टोप बहादुर जिसी, सचिवमा बम बहादुर खड्का, सहसचवि नारायण भण्डारी, कोषाध्यक्ष रुपा भण्डारी तथा सदस्यहरुमा प्रेम बहादुर श्रीस, गोपाल श्रीस, भूमिराज खड्का, शान्ति पुन, चन्द्र बहादुर भण्डारी, तिलक बहादुर भण्डारी, तिल बहादुर खड्का, रिमा थापा, गंगा थापा, मिना कुमाी थापा छन्त्याल चयन हुनु भएको छ ।

लेखा सुपरीवेक्षण समितिका सदस्यहरुमा सिद्धिमान छन्त्याल र चित्र पुन चयन हुनु भएको छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *