नगर खानेपानीको अध्यक्षका उम्मेदवार के.बी राना प्यानल मतदाताको घरदैलोमा

रोहन जि.सी, बागलुङ

बागलुङ नगर खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाको निर्वाचनमा के.बी राना मगरले प्यानल बनाएर चुनावी प्रचारमा होमिएका छन् ।

अध्यक्ष पदका उम्मेदवार रहेका पूर्व अध्यक्ष रानाको प्यानलको उपाध्यक्षमा रतन प्रसाद मलेपति रहेका छन् ।

पुस २८ गते हुने निर्वाचनमा अध्यक्षका उम्मेदवार रानाको प्यानलको ‘स्वच्छ सफा पानी जवाफदेही संस्था, सुशासन सहितको पारदर्शीता हाम्रो प्रतिवद्धता’ भन्ने मुल नारा रहेको छ ।

सचिवमा जीवन आचार्य र कोषाध्यक्षमा कृष्ण शर्मा (दाह्री) रहेका छन् । खुल्ला सदस्यमा कुलराज शर्मा (हिमाल), विर बहादुर थापा र महिला सदस्यमा कालिका सापकोटा, मञ्जु माया क्षत्री र हुमादेवी खड्का रहेका छन् ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *