‘जान्नेलाई छान्ने’ रास्वपाको अभियान : खानेपानीमा केबी रानालाई समर्थन


आदर्श अनलाइन, बागलुङ
बागलुङ नगर खानेपानी उपभोक्ता संस्थाको निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टीले के.बी राना मगरको समुहलाई समर्थन गर्ने भएको छ ।

राष्ट्रिय स्वतन्त्र पार्टीका बागलुङ जिल्ला प्रवक्ता खिमानन्द पौडेलले रास्वपाको ‘जान्नेलाई छान्ने’ अभियान अनुसार बागलुङ नगरवासीलाई स्वच्छ र सफा पिउने पानी उपलब्ध गराउनका लागि यस पटक सामाजिक व्यक्तित्व के.बी राना मगरको समुहलाई समर्थन जनाउने निर्णय गरेको बताउनु भएको छ ।

उहाँले आफ्नो पार्टीका सभापती रवि लामिछाने पत्रकार रहँदा बागलुङको खोनपानीको समस्या समाधानका लागि आफै जिल्ला आएको स्मरण गर्दै लामिछाने जस्तै हक्की र स्वच्छ छविका के.बी राना मगरले सबैलाई समेटेर बागलुङको खानेपानीको समस्या समाधान गर्न सक्ने क्षमता देखेका कारण उहाँको समुहलाई समर्थन गरेको बताउनु भयो ।

त्यसैगरी राष्ट्रिय स्वतन्त्र पार्टीका बागलुङ जिल्ला संयोजक महेन्द्र खड्काले आफ्नो पार्टीमा आस्था र विश्वास राख्ने सम्पूर्णलाई के.बी राना मगरको समुहलाई मतदान गर्न आग्रह गरेको बताउनु भयो । उहाँले राजनीतिक रंग र आस्थाभन्दा माथि उठेर के.बी रानाले धौलागिरी अस्पताल, बागलुङ बहिरा विद्यालयको विकासमा सबैलाई समेटेर खेलेको भूमिका हेरेर नै राष्ट्रिय स्वतन्त्र पार्टीले रानाको समुहलाई समर्थन गर्ने निर्णयमा पुगेको बताउनु भयो ।

त्यसैगरी रानाको समुहलाई लामो समयदेखि बागलुङ बजारबासीलाई शुद्ध पीउने पानीको प्रबन्ध गर्न सामाजिक रुपमै अभियान चलाउनु भएका डिल्लीराज गौतमले पनि समर्थन गर्नुभएको छ । उहाँले आफ्नो समुहले उठाउँदै आएका अधिकतम मागहरु रानाको समुहको प्रतिवद्धताको रुपमा आएको भन्दै समर्थन गरेको बताउनु भयो । तेस्तै खुल्ला सदस्य पदमा स्वतन्त्र उम्मेदवार दिएका सुनिल श्रेष्ठले पनि आफ्नो समर्थन रानाको समुहलाई रहेको बताउनु भएको छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *