जिल्लामा हुने फुटबल प्रतियोगितामा स्थानीय रेफ्री


आदर्श अनलाइन, म्याग्दी

म्याग्दी जिल्लामा हुने अधिकांश फुटबल प्रतियोगितामा अम्पायरको भुमिकामा जिल्लाकै युवाहरु देखिने गरेका छन् ।

गत मंसिरमा सकिएको जिल्ला स्तरीय अन्तर माध्यामिक विद्यालय स्तरीय फुटबल प्रतियोगितामा सिद्धान्त शाक्यको नेतृत्वमा ७ जनाको टोलीले चार दिन सम्म चलेको प्रतियोगिता सम्पन्न गर्नुभएको थियो । त्यस लगत्तै भएको कालीपुल युनाइटेड कपमा पनि आशिष भुजेललगायत ७ जनाको टोलीले खेलमा निर्णायकको भुमिका निर्वाह गर्नुभएको थियो ।

आफ्नो खेल समयमा राम्रो खेल्ने खेलाडीहरुले अहिले नयाँ खेलाडीको खेल हुँदै गर्दा अफिसियलको भुमिका निर्वाह गर्नु आफैमा पनि पुस्तान्तरणको राम्रो उदाहरण रहेको बताउनुहुन्छ एन्फा म्याग्दीका अध्यक्ष कुमार बानियाँ । अफिसियलहरु बाहिर जिल्लाबाट मगाउँदा समय अनि पैसा पनि बढी खर्च हुन्छ तर यहीका अग्रज खेलाडीहरुले अफिसियलको भूमिका निर्वाह गर्दा निश्पक्ष खेल हुनुका साथै खर्च व्यवस्थापनमा पनि सहज र सजिलो हुन्छ–उहाँले भन्नुभयो ।

बेनीका सिद्धान्त शाक्य ‘बि’ डिभिजन लिग फुटबलमा समेत गोलकिपरको भुमिका निर्वाह गर्नुभएका खेलाडी हुनुहुन्छ । त्यस्तै पश्च्मि म्याग्दीको दरवाङका निसान गुरुङ डिफेण्डरको भुमिकामा खेल्नु हुन्थ्यो । त्यस्तै किपरको भूमिकामा खेल्ने गर्नुभएका आशिष भुजेल स्ट्राइकर गणेश चोखाल, डिफेण्डर पुरन छन्त्याल तथा सागर परियार र सुजन रेश्मीले फुटबलको अफिसियलको भूमिका निर्वाह गर्नुभयो ।

चार दिन सम्म सञ्चालित जेसीज कपका २२ खेलमा अफिसियलको भूमिका निर्वाह गर्ने सबै अफिसियलहरु जेसीजकप फुटबल खेलबाटै फुटबलको क्षेत्रमा आएको बताउनुहुन्छ म्याग्दी जेसीजका पूर्व अध्यक्ष बिनय श्रेष्ठ । जेसीजले सन २००० देखि सञ्चालन गर्दै आएको जेसीजक प फुटबल प्रतियोगिता म्याग्दी जिल्लाका विद्यालयहरुले आफ्नो प्रतिष्ठाका रुपमा लिने गर्दछन् । त्यही विद्यालय स्तरीय प्रतियोगिताबाट पहिचान भएका खेल प्रतिभाले राष्ट्रिय स्तरको ए श्रेणीको फुटबल पनि सहभागीता जनाएका छन् । हिमालयन शेर्पा क्लबबाट प्रविन हमालले फुटबल खेल्नुभएको थियो ।

अर्को महिना बेनीमै हुने जिल्लाकै ठूलो धनराशी पुरस्कार भएको फुटबल प्रतियोगिताका लागि पनि स्थनीय अफिसियल नै प्रयोग गर्न सकिने बिकु फ्यामीलीका खेल संयोजक पुरन छन्त्यालको भनाई छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *