बेनीमा शुरु भयो माघे संक्रान्ति मेला


आदर्श अनलाइन, म्याग्दी

म्याग्दी उद्योग बाणिज्य संघ अन्तरगतको महिला उद्यम विकास समितिको आयोजनामा म्याग्दीको बेनीमा माघे संक्रान्ति मेला–२०८० आइतबारदेखि शुरु भएको छ ।

माघे संक्रान्ति मेला–२०८० को उद्घाटन गदैं प्रतिनिधिसभा सदस्य खमबहादुर गर्बुजाले म्याग्दी जिल्लाका अपुरो तथा अधुरा विकास निर्माणका कार्यलाई पूर्णता दिनका लागि जिल्लाबाट निर्वाचित जनप्रतिनिधिहरुले निरन्तर प्रयास गरी रहेको बताउनुभयो । ‘काम थालेर अलपत्र अवस्थामा रहेका योजनालाई पूर्णता दिदै नयाँ योजना थप्ने तर्फ पनि हाम्रो प्रयास जारी छ उहाँले भन्नुभयो । म्याग्दीको मध्ये भागमा पर्ने बेनी–पाखापानी सडकको बहुबर्षे ठेक्का, मध्यपहाडी लोकमार्गको बैकल्पिक पश्चिम म्याग्दी हुदै जोड्ने सडकलाई २५ करोड बजेट सु्निश्चित भएको समेत उहाँको धारणा थियो । हाम्रो म्याग्दीलाई राम्रो म्याग्दी बनाउनका लागि नै सांसदहरुले प्रयास गरेका छन् भनेर जनताले अब ढुक्क भए हुन्छ गर्बुजाले भन्नुभयो ।

गण्डकी प्रदेशसभा सदस्य हरि भण्डारीले चुनावी बाचाहरू क्रमशः पूरा हुने चरणमा रहेको बताउनुभयो । ‘बजेट मागेपछि पाइने रहेछ, अहिलेको अनुभवले देखाएको छ र अब बाँकी कार्यकालमा पनि हामीले बजेटको लहर ल्याउँछौ’ उहाँले भन्नुभयो । हामीले विकास निर्माणका लागि चुनाव अगाडी गरेका बाचा अनुरुप अगाडी बढी रहेका छौं त्यसैले जनता निराश हुनु पर्ने कुनै कारण छैन–उहाँले सुनाउनुभयो ।

अर्की प्रदेशसभा सदस्य बिमला गौचनले महिलाहरु सफल भए मात्रै आर्थिक समृद्धिको आधार तय हुने तर्क गर्नुभयो । महिलाहरुले उद्यम गर्नु पर्छ र महिला उद्यमी सफल भएमात्रै आर्थिक समृद्धि हासिल गर्न सकिन्छ ।

म्याग्दी उद्योग वाणिज्य संघका अध्यक्ष बेलबहादुर कटुवालले २०५७ सालदेखि जिल्लामा उद्योग वाणिज्य संघको अगुवाइमा माघेसङ्क्रान्ति मेला हुँदै आइरहेकोमा अहिले पनि मेलालाई निरन्तरता दिइएको बताउनुभएको थियो ।

जिल्ला समन्वय समितिका प्रमुख राजकुमार थापा, बेनी नगरपालिकाका प्रमुख सुरत केसी, प्रमुख जिल्ला अधिकारी लक्ष्मण ढकाल, बेनी नगरपालिका–७ का वडा अध्यक्ष एवम् प्रबक्ता रमेशकुमार श्रेष्ठ, महिला उद्यम विकास समितिकी म्याग्दीकी निर्वतमान अध्यक्ष लक्ष्मी भण्डारीले पत्रकार महासंघ म्याग्दीका अध्यक्ष प्रकाश पौडेलले उद्घाटन कार्यक्रममा मन्तव्य राख्नुभएको थियो ।

मेलाकै अवसरमा राजनीतितर्फ सफल महिला संविधानसभा सदस्य तथा पूर्व मन्त्री थममायाँ थापा, सिलाइकटाई तर्फ बेनपा–७ की कमला गिरी, कृषितर्फ बेनपा–२ लभ्लीहिलकी पवित्रा कार्की र कलाकारतर्फ रघुगंगा गाउँपालिका–७ चिमखोलाकी धनकुमारी थापालाई दोसल्ला ओडाएर सम्मानपत्रले सम्मान गरिएको थियो ।

मेलाको मुल संयोजक अम्बिका श्रेष्ठको अध्यक्षता, महासचिव प्रमिला जोशी र सचिब कमला सुबेदीको सञ्चालनमा भएको उद्घाटन कार्यक्रम बरिष्ठ उपाध्यक्ष बिष्णु गुरुङले समापन गर्नुभएको थियो ।

बेनीमा म्याग्दी उद्योग बाणिज्य संघले म्याग्दी महोत्सव आयोजना गर्दै आएको छ भने महिला उद्यमीहरूको सक्रियतामा माघे संक्रान्ति मेला आयोजना हुने गर्दछ । उद्यमीहरुको अग्रसरतामा परम्परागत माघे सङ्क्रान्ति मेलाको जगेर्ना, स्थानीय उत्पादनको बजारीकरण गर्नुका साथै आन्तरिक पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले मेलाको आयोजना गरिएको हो महिला उद्यम विकास समितिका सचिव प्रमिला जोशीले बताउनुभयो ।

आठौं माघे संक्रान्ति मेलाको उद्घाटन भन्दा पहिला जातजातिहरूले मौलिक कला संस्कृति झल्किने झाँकी सहितको ¥यालीले बजार परिक्रमा गरेको थियो । मेलाको आयोजना स्थल बेनी बजारको खुल्ला मञ्चबाट सुरु भएको भेषभूषा सहितको ¥यालीले बेनी बजार परिक्रमा गरेपछि पुन खुल्ला मञ्चमै पुगेको थियो । मेलाको अवसरमा म्याग्दी जिल्ला भित्रका सबै स्थानीय तहको कृषि उपजको प्रदर्शनी हुनेछ भने विभिन्न खेलकुद प्रतियोगिता, आमा नृत्य प्रतियोगिता र चर्चीत कलाकारहरूको प्रस्तुति रहने छ । खुल्ला अन्धनिसान, महिला–पुरुष छेलो, महिला–पुरुष लठो तान्ने प्रतियोगिता साथै विविध सांगितिक प्रस्तुती मेलामा हुने छन् ।

‘उद्योग, व्यापार र कलाको विकास गरौं, संस्कृतिको संरक्षण गर्दै पर्यटन प्रवद्र्धन गरौं’ भन्ने मूल नारासहित सुरु भएको मेलामा स्थानीय उत्पादनको बजारीकरणलाइ प्राथमिकता दिइने बताइएको छ । स्थानीय लघु तथा घरेलु उद्यमीहरुको उत्पादनलाई बजारीकरण गर्न मेला निकै फलदायी हुने महिला उद्यम विकास समितिका बरिष्ठ उपाध्यक्ष बिष्णु गुरुङले जानकारी दिनुभयो । मेला सम्पन्न गर्नको लागि १० लाख ८० हजार रुपैयाँ बराबरको बजेट अनुमान गरिएको उहाँको छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *