ट्रेड युनियन काँग्रेस गण्डकीको प्रशिक्षण बागलुङमा हुने

आदर्श अनलाइन, बागलुङ
नेपाल ट्रेड युनियन काँग्रेस गण्डकी प्रदेश समितिको बैठक तथा प्रशिक्षण बागलुङमा हुने भएको छ । आगामी माघ १९ र २० गते बागलुङमा ट्रेड युनियन काँग्रेसको गण्डकी प्रदेश समितिको बैठकसंगै प्रशिक्षण कार्यक्रम गर्न लागिएको नेपाल ट्रेड युनियन काँग्रेस बागलुङका अध्यक्ष इश्वरठाकुर पौडेलले जानकारी दिए ।

प्रदेश समितिको बैठकसंगै प्रशिक्षण कार्यक्रम सञ्चालनका लागि बागलुङ जिल्लालाई जिम्मेवारी दिएपछि नेपाल ट्रेड युनियन काँग्रेस बागलुङ जिल्ला समितिले तयारीका लागि विभिन्न उपसमितिहरु समेत बनाएको छ । सहसचिव प्रदिप पन्तको संयोजकत्वमा प्रचार प्रसार उपसमिति, सचिव बीरबहादुर किसानको संयोजकत्वमा आवास व्यवस्थापन उपसमिति, सहकोषाध्यक्ष अम्बिका गिरीको संयोजकत्वमा आर्थिक संकलन उपसमिति गठन गरिएको छ ।

महिला उपाध्यक्ष टीका घर्तीमगरको संयोजकत्वमा स्वागत सत्कार उपसमिति र उपाध्यक्ष चन्द्रराज रेग्मीको संयोजकत्वमा हल व्यानर व्यवस्थापन उपसमिति गठन गरिएको जिल्ला अध्यक्ष पौडेलले बताए ।

बैठक तथा प्रशिक्षणमा गण्डकी प्रदेश समितिका साथै विभिन्न जिल्लाबाट ८१ जनाले सहभागिता जनाउने बताईएको छ । ट्रेड युनियन काँग्रेसले श्रमिक अधिकारको पक्षमा वकालत गर्दै आएको छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *