आदर्श सञ्चार सहकारी संस्थाद्वारा राहत हस्तान्तरण

आदर्श अनलाइन, बागलुङ
आदर्श सञ्चार सहकारी संस्था लिमिटेड बागलुङले राहत हस्तान्तरण गरेको छ । संस्थाका उपाध्यक्ष ललिता थापाकी सासुआमा शेयर सदस्य तथा गलकोट नगरपालिका–७ का वडा अध्यक्ष राज थापाकी ममतामयी आमा, शेयर सदस्यहरु राम थापा अविरल, पुजा थापा र पुनम थापाकी हजुरआमा तथा उषा पौडेल थापाकी बुढी सासुआमा पवित्रा थापाको निधनप्रति दुःख व्यक्त गर्दै घरमै पुगेर श्रद्धाञ्जली सभासँगै राहत हस्तान्तरण गरेको हो ।

थापाको निधन भएको आठौैं दिनको पुण्यतीथि पारेर श्रद्धाञ्जली सभासहित परिवारलाई आदर्श सञ्चार सहकारी संस्थाले राहत रकम हस्तान्तरण गरेको हो । श्रद्धाञ्जली सभामा संस्थाका अध्यक्ष हुमाकुमारी जि.सी. (अञ्जु), लेखा सुपरीवेक्षण समितिका संयोजक अनन्त बहादुर खड्का, सञ्चालक गीता खड्का र संस्थाद्वारा प्रकासित सञ्चार माध्यमका सम्पादक राम बहादुर जि.सी लगायतले एकाघरका परिवारका सदस्यको निधनमा प्रदान गरिने मृत्यु राहत स्वरुप नगद रु. दश हजार रुपैयाँ स्वर्गीय थापाको परिवारलाई हस्तान्तरण गर्नुभएको थियो ।

आदर्श सञ्चार सहकारी संस्थाले सदस्य राहत कोषबाट शेयर सदस्यको निधनमा रु.१५ हजार र शेयर सदस्यका एकाघरका परिवारका सदस्यको निधनमा रु.५ हजार रकम राहत स्वरुप प्रदान गर्दै आएको छ ।

आदर्श सञ्चार सहकारी संस्थाले स्थापनाकाल देखि नै धौलागिरी जागरण दैनिक पत्रिका प्रकाशनसंगै सहप्रकाशन अग्रसर साप्ताहिक, आदर्शसञ्चार अनलाइन, धौलागिरी टेलिभिजनमा सहकार्य गर्नुका साथै वित्तीय तथा सामाजिक क्षेत्रमा समेत काम गर्दै आइरहेको छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *