गणेश मा.विका विद्यार्थीलाई प्रभावकारी भाषणकला तालिम

रोहन जि.सी, बागलुङ

विद्यार्थीहरुको व्यक्तित्व विकासका लागि गणेश माध्यमिक विद्यालयका विद्यार्थीलाई मंगलबार प्रभावकारी भाषणकला तालिम सम्पन्न भएको छ।

लायन्स क्लब अफ धौलागिरी बागलुङ, बागलुङ जेसीज र लियो क्लब अफ धौलागिरी बागलुङको संयुक्त आयोजनामा प्रभावकारी भाषणकला तालिम सम्पन्न भएको थियो ।

कार्यक्रमको उद्घाटन पछि बोल्दै बागलुङ नगरपालिका वडा नम्बर १४ का वडा अध्यक्ष चक्र बहादुर खत्रीले विद्यार्थी केन्द्रित भएर गरिएको सिकाइ सार्थक सिकाइ हुने बताउनुभयो । उहाँले प्रशिक्षार्थीहरूलाई आफूले सिकेका कुराहरूलाई निरन्तर अभ्यास गर्दै आफ्नो बोलीमा निखारता ल्याउन र जीवनमा सफल हुने सपना देख्नुपर्नेमा जोड दिनुभयो ।

कार्यक्रममा गणेश माध्यमिक विद्यालयका व्यवस्थापन समिति अध्यक्ष बालमुकुन्द ढकाल, विद्यालयका प्रधनाध्यापक एकनाथ रिजाल लगायतले मन्तव्य व्यक्त गर्नुभएको थियो। तालिमलाई सहजिकरण गर्दै प्रशिक्षक बागलुङ जेसीजका अध्यक्ष गणेश महतोले जीवनमा सिक्दै अगाडि बढ्नका लागि बोल्नुपर्नेमा जोड दिँदै जीवनमा विशाल फल दिने वृक्ष बन्ने सपना देख्नुपर्ने बताउनुभयो ।

तालिममा गणेश माध्यमिक विद्यालयका ११० जना विद्यार्थीको सहभागिता रहेको थियो । कार्यक्रममा प्रशिक्षार्थीहरूले तालिम अगाडि आफू मान्छेहरूको अगाडि गई बोल्न आत्मविश्वास नआउने, हात खुटा काँप्ने गरेकोमा हाल यो तालिमपश्चात सिलसिलाबद्ध भएर बोल्न जानेमा राम्रै भाषण गर्न सकिँदो रहेछ भन्ने आफ्नो अनुभूति भएको अनुभव व्यक्त गरेका थिए ।

कार्यक्रम लियो क्लब अफ धौलागिरी बागलुङका प्रथम उपाध्यक्ष सचिन हरिजनको अध्यक्षता, द्वितीय उपाध्यक्ष नारायण खरालको स्वागत र सचिव आश्मिन शेखको सञ्चालनमा सम्पन्न भएको थियो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *