तित्याङ माध्यमिक विद्यालय बागलुङको ६५ औं वार्षिकउत्सव तथा अभिभावक दिवस सम्पन्न

आदर्श अनलाइन, बागलुङ

बागलुङ नगरपालिका वडा नम्बर ९ स्थित तित्याङ माध्यमिक विद्यालय, बागलुङको ६५ औं वार्षिकउत्सव तथा अभिभावक दिवस सोमबार सम्पन्न भएको छ ।

कार्यक्रमको उद्घाटन पछि बोल्दै जिल्ला समन्वय समिति बागलुङका सदस्य हरिकला पौडेलले सामुदायिक विद्यालयहरुमा विद्यार्थीहरुको हकहितको लागि सधैं लागिपरेको र विद्यालयलाई गर्नु पर्ने सहयोगका निम्ति कहिले पछि नहट्ने प्रतिबद्धता दिनुभयो। उहाँले सामुदायिक विद्यालयको उचित ब्यवस्थापन गरि व्यवहारिक तथा रोजगार मूलक शिक्षामा जोड दिनुपर्नेमा समेत दिनुभयो ।

कार्यक्रममा समाजसेवी टिकाराम शर्मा, तित्याङ उप-स्वास्थ्य चौकीका प्रमुख नारायण पौडेल, सिगाना माध्यमिक विद्यालयका प्रधानध्यापक लक्ष्मण खड्का, शिवालय प्रा. विका प्रधानध्यापक घनश्याम खत्री, तित्याङ माध्यमिक विद्यालयका सल्लाहकार बद्रि प्रसाद शर्मा, तिलक थापा, विद्यालयका सुचना अधिकारी दिनेश अधिकारी, शिक्षक भुपेन्द्र खड्का, विद्यार्थीको तर्फबाट कवुल थापा लगायतले मन्तव्य व्यक्त गर्नभएको थियो ।

वार्षिकउत्सव कार्यक्रम तित्याङ माध्यमिक विद्यालयका व्यवस्थापन समिति अध्यक्ष मन बहादुर थापा क्षत्रीको अध्यक्षता, शिक्षक संगिता क्षत्रीको स्वागत तथा शिक्षक टिका थापाको सञ्चालनमा सम्पन्न भएको थियो ।

विद्यालयको ६५ औं वार्षिकउत्सव तथा अभिभावक दिवसको अवसरमा आयोजित विविध खेलकुद प्रतियोगिताका पुरस्कार वितरण तथा अक्षयकोष दातावाट विद्यार्थीलाई पोशाक तथा स्टेशनरी वितरण, शिक्षक तथा विद्यार्थीद्वारा नृत्य प्रस्तुत कार्यक्रम सम्पन्न भएको छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *