बागलुङमा १२ औँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु

आदर्श अनलाइन, बागलुङ

बागलुङमा १२ औँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता २०८० सुरु भएको छ । खेलकुद विकास समिति बागलुङको आयोजनामा शुक्रबार सुरु भएको प्रतियोगिताको जिल्ला समन्वय समिति बागलुङका प्रमुख अमरबहादुर थापाले उद्घाटन गर्नुभयो ।

प्रतियोगिताको उद्घाटन गर्दै प्रमुख थापाले राष्ट्रिय, अन्तर्राष्ट्रिय स्तरमा प्रतिस्पर्धा गर्न योग्य खेलाडी उत्पादनमा सबै स्थानीय तहले पर्याप्त लगानी गर्ने बताउनुभयो । खेलक्षेत्रको माध्यमबाट विद्यार्थीको प्रतिभा पहिचान गर्ने र सोही अनुसारको वातावरण तयार गर्ने काममा नगरले पर्याप्त चासो र लगानी गर्नु पर्नेमा उहाँले जोड दिनुभयो ।

प्रतियोगितामा जिल्लाका १० वटै पालिकाबाट ४५० विद्यार्थी खेलाडी सहभागी भएको जिल्ला खेलकुद विकास समिति बागलुङका अध्यक्ष कुमार खड्काले बताउनुभयो । दुई दिनसम्म संचालन हुने प्रतियोगितामा छात्र तथा छात्र भलिबल, विभिन्न दुरीको दौड, रिले दौड, हाइजम्प, लङजम्प, विभिन्न तौल समुह बीच मार्सल आर्ट, तेक्वान्डो, पुम्से, ज्याभिलिङ, कबडि प्रतियोगिता संचालन भएको अध्यक्ष खड्काको भनाइ छ ।

६६ स्वर्ण, ६६ रजत र १०२ काश्य गरि कुल २३४ मेडलको लागि विद्यार्थीहरु प्रतिस्पर्धा गर्ने आयोजकले जनाएको छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *