छात्रा भलिबलको उपाधी बडिगाडलाई, पदकमा बागलुङ नगरपालिका अगाडी


आदर्श अनलाइन, बागलुङ

१२ औं जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको छात्रा भलिबलको उपाधी बडिगाड गाउँपालिकाले जितेको छ ।

शनिबार भएको फाइनल खेलमा बागलुङ नगरपालिकालाई सोझो सेटमा पराजित गरेर बडिगाड महिला भलिबलतर्फ जिल्ला च्याम्पियन बनेको आयोजक जिल्ला खेलकूद विकास समिति बागलुङका अध्यक्ष कुमार खड्काले बताउनुभयो ।

बाङ्गेचौर खेल मैदानमा सम्पन्न प्रतियोगितामा बडिगाडले बागलुङ नगरपालिकालाई २५–१६ र २५–१५ को सेटमा पराजित गरेको १२ औं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको भलिबल संयोजक किसोर छन्त्यालले बताउनुभयो । उपाधी चुमेसंगै बडिगाड बागलुङ जिल्लाको तर्फबाट फागुन दोश्रो साता हुने गण्डकी प्रदेशस्तरीय प्रतियोगितामा भाग लिने छ ।



शनिबार सबै खेल नसकिएपछि प्रतियोगिता आइतबार सम्म चल्ने भएको छ । तर उपाधीका हिसावले जिल्लास्तरीय राष्ट्रपति रनिङ शिल्ड बागलुङ नगरपालिकाले जित्ने पक्का भएको छ ।

शनिबार सम्पन्न भएको खेलमा बागलुङ नगरपालिकाले २१ स्वर्ण, १६ रजत १३ कास्य पदक जितेको छ । यस्तै बडिगाड गाउँपालिकाले ७ स्वर्ण, १२ रजत ५ काश्य पदक जितेको छ । यस्तै गलकोट नगरपालिकाले ३ स्वर्ण, ४ रजत र ८ काश्य पदक जितेको छ । यस्तै, जैमिनी नगरपालिकाले ३ स्वर्ण, ४ रजत र १ काश्य, ढोरपाटन नगरपालिकाले ६ स्वर्ण, ३ रजत र ३ काश्य जितेको छ ।



यस्तै काठेखोला गाउँपालिकाले ४ स्वर्ण, ६ रजत र ९ काश्य, ताराखोला गाउँपालिकाले ३ रजत, बरेङ गाउँपालिकाले २ रजत र ५ काश्य जितेको छ । यस्तै तमानखोला गाउँपालिकाले १ काश्य पदक जितेको छ भने निसीखोला गाउँपालिकाले ५ स्वर्ण, ९ रजत र ४ काश्य पदक जितेको जिल्ला खेलकूद विकास समितिका कार्यालय प्रमुख राजेश बाँस्कोटाले जानकारी दिनुभयो ।
६ बीधामा भइरहेको प्रतियोगिता मध्ये तेक्बान्दो र पुरुष भलिबलको नजिता आउन बाँकी रहेको छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *