बिनामारे बागलुङ सम्पर्क समाज गठन


आदर्श अनलाइन, बागलुङ
स्थायी वा अस्थायी रुपमा बागलुङ बजारमा बस्नुहुने सम्पुर्ण बिनामारे बासीहरु संगठित भएका छन् ।

बिनामारे घर भई रोजगारी, काम र आवसीय रुपमा बस्दै आएकाहरुको शिनबार प्रथम भेला सम्पन्न भएको छ । प्रथम भेलाले प्रदिप पन्तको नेतृत्वमा २३ सदस्यीय बिनामारे बागलुङ सम्पर्क समाज गठन गरिएको छ ।

समाजको उपाध्यक्ष दल बहादुर बिक, सचिवमा शिव शर्मा, कोषाध्यक्ष मधु शर्मा, सह–सचिव शान्ति भण्डारी केसी, सह–कोषाध्यक्ष पुतली थापा चयन हुनुभएको छ । समाजको सदस्यहरु कृष्ण शर्मा , राम पाण्डे, रमेश केसी, गोबिन्द पाण्डे , कृष्ण आचार्य, भोजराज पौडेल, बिजय पौडेल, रामु पौडेल, तेजेन्द्र पौडेल, दुर्गा सुबेदी, माधब खत्री, प्रेम पौडेल, सिता शर्मा, कृष्ण पौडेल, बबिता बिक, कला ढुङ्गाना, गिता देबि आचार्य रहनु भएको छ ।

यस्तै चुडामणी आचार्य सयोजक रहेको तीन सदस्य सल्लाहकार समिति गठन गरिएको छ । समितिको सदस्यमा मनोज रोका र होमनाथ शर्मा रहनुभएको छ । सामाजिक भावनाका साथ बिनामारेवासीहरु संगठित हुनका लागि बिनामारे बागलुङ सम्पर्क समाज गठन गरिएको हो ।
प्रथम भेलामा बिनामारेका वडा अध्यक्ष ठग बहादुर थापा, वडा सदस्य बिष्नु पौडेल र पूर्व वडा सदस्य देबेन्द्र रेग्मी लगायतको उपस्थित रहेको थियो ।

कार्यक्रम भेला आयोजक तदर्थ समितिका सम्योजक मधु शर्माको अध्यक्षता, सदस्य प्रदिप पन्तको स्वागत र शिव शर्माको सन्चालनमा सम्पन्न भएको थियो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *