गाउँपालिका स्वास्थ्य शाखा प्रमुखलाई कालोमोसो

आदर्श अनलाइन, बागलुङ
क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपालले बागलुङको बडिगाड गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख विपेन्द्रप्रताव केसीलाई कालोमोसो दलेको छ । पार्टीले आइतबार विहान कार्यालय हिँडेका केसीलाई बीचबाटोमा मोटरसाइलक रोकी कालोमोसो हो ।

म्याद गुज्रेको औषधि खुवाएर नागरिको जीवनमाथि खेलवाड गरेको भन्दै कारबाही स्वरुप कालोमोसो दलेको क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपाल बागलुङले विज्ञप्तीमार्फत जनाकारी गराएको छ । जिल्ला इन्चार्ज अजनवी र संयोजक प्रविणद्वारा जारी विज्ञप्तीमा बडिगाड गाउँपालिका अध्यक्ष र स्वास्थ्य शाखा प्रमुखको मिलेमतोमा म्याद सकिएको औषधि खरिद गरी कमिशनको खेलमा विद्यार्थीको स्वास्थ्यमा खेलवाड गरेकोले कारबाही गरिएको उल्लेख गरिएको छ ।

म्याद सकिएको औषधि वितरण गरी खुवाई सकेपछि जनताको विरोध रहँदा रहँदै पनि गाउँपालिका अध्यक्ष र कर्मचारीको सेटिङमा आर्थिक दुरुपयोग गरी जनताप्रति उत्तरदायी नभएको भन्दै कारबाही गरिएको पार्टीले जनाएको छ । कारबाही पत्र सार्वजनिक गर्दै क्रान्तिकारी पार्टीले भनेको छ – आर्थिक चलखेल सत्ताको दुरुपयोग गरी थप लुटतन्त्र मच्चाउँदै जाने र जनताको आवाजलाई दमन गर्ने कुनै पनि षड्यन्त्र मान्य नहुने भन्दै आगामी दिनमा त्यस्ता गतिविधि नगर्न चेतावनी दिएको छ ।

यस घटनामा नेपाल स्वास्थ्य कर्मी संघ गण्डकीले प्रेस विज्ञप्ती निकालेर खेद प्रकट गरेको छ । विज्ञप्तीमा दोषीलाई कार्वाहीको माग समेत गरिएको छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *