उद्योग वाणिज्य संघको धवलागिरीको अध्यक्षमा : थापा

आदर्श अनलाइन, म्याग्दी
पश्चिम म्याग्दीको उद्योग वाणिज्य संघ धवलागिरी बजार इकाईको अध्यक्षमा तेजेन्द्र थापाले दोश्रो कार्यकालका लागि जिम्मेवारी पाउनु भएको छ । धवलागिरी गाउँपालिकाको ताकममा शनिबार सम्पन्न संघको तेस्रो अधिवेशनबाट थापाले दोस्रो कार्यकालका लागि अध्यक्षको जिम्मेवारी पाउनु भएको हो । इकाईको उपाध्यक्षमा नरेश पौडेल, सचिवमा मदन मल्ल र कोषाध्यक्षमा गंगा सुवेदी चयन हुुनुभएको छ । इकाईको सदस्यहरुमा वासुदेव आचार्य, लालबहादुर सुुनार, सुजन पुन र भगवति सापकोटा रहनुभएको छ ।

इकाइ अधिवेशनको उद्घाटन गर्दै धवलागिरी गाउँपालिकाका अध्यक्ष प्रेमप्रसाद पुुनले म्याद गुुज्रीएका र अखाद्य बस्तुको बिक्री वितरण हुँदा उपभोक्ताको स्वास्थ्य जोखिममा परेको भन्दै सचेत बनाउनुभयो । डिलरहरुले ग्रामिण क्षेत्रमा म्याद नाघेका सामान पठाउने र यहाँका पसलहरुमा अनुुगमन गर्दा म्याद नाघेका सामान छ्याप छ्याप्ती भेटियो–उहाँले भन्नुभयो । अब अखाद्य बस्तुको बिक्री बितरणलाई कडाई र नियन्त्रण गर्न बजार अनुुगमनलाई तिब्रता दिन्छौ ।

आलुु, सुुन्तला लगायत कृषि उपजमा आधारित उद्यमको प्रर्वद्धन र बजारीकरण गर्न गाउँपालिकाले पहल गरेको बताउनुभयो । म्याग्दी उद्योग वाणिज्य संघका दृतीय उपाध्यक्ष राजेश शाक्यले धवलागिरी गाउँपालिकाको पर्यटन र जलविद्युत क्षेत्रमा सम्भावना रहेको बताउनुभयो । सम्भावनाको क्षेत्रमा लगानी भित्र्याउन निजी क्षेत्रले पहल गर्ने बताउनुुभयो ।

आन्तरिक राजस्व कार्यालय बाग्लुुङका कर अधिकृत मोहन आचार्यले व्यवसाय दर्ता, नविकरण, नियमित कारोबार विवरण अद्यावधिक गर्ने र व्यवसाय गर्न छाडेपछि बन्द गर्न आग्रह गर्नुभयो । धवलागिरी गाउँपालिका ७ ताकमका वडा अध्यक्ष अशोक खत्रीले सिसाजन्य फोहोर व्यवस्थापनको चुुनौति रहेको बताउदै सिसाजन्य फोहोर फिर्ता लैजान उत्पादकहरु जिम्मेवार बन्नुपर्ने बताउनुुभयो ।

कार्यक्रममा संघका सचिव मदन मल्ल र पुुर्व अध्यक्ष किरन थापाले विद्युत महसुुल बुुझाउन समस्या भएको र व्यवसायीहरुलाई कर र कानुुनको दायरामा रहेर व्यवसाय गर्न आग्रह गर्नुभयो । संघले विभिन्न संघ संस्था र व्यक्तिहरुलाई सम्मान गरेको थियो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *