आगामी चैत अन्तिम साता एमाले बागलुङको जिल्ला अधिवेशन


आदर्श अनलाइन, बागलुङ

नेकपा एमाले बागलुङको दशौं जिल्ला अधिवेशन आगामी चैत्र २९ र ३० गते हुने भएको छ ।

आइतबार सम्पन्न एमाले जिल्ला कमिटिको नवौं पूर्ण बैठकले एमालेको दशौं जिल्ला अधिवेशन आगमी चैत अन्तिममा गर्ने निर्णय गरेको एमाले जिल्ला कमिटिका अध्यक्ष हिरा बहादुर केसीले जानकारी दिनुभयो ।

सोमबार पत्रकार सम्मेलनको आयोजना गर्दै नेकपा एमाले जिल्ला कमिटिले दशौं जिल्ला अधिवेशनका लागि विभिन्न जिल्ला स्तरीय नेताहरुलाई जिम्मेवारी समेत प्रदान गरेको छ ।

जिल्ला अध्यक्ष हिरा केसीलाई प्रतिवेदन लेखन संयोजक, उपाध्यक्ष लक्ष्मण पुनलाई जनपरिचालन संयोजक, सचिव विष्णु प्रसाद भुषाललाई आर्थिक व्यवस्थापन समिति, गणेश थापालाई प्रतिनिधि व्यवस्थापन, अमर बहादुर थापालाई प्रचार प्रसार संयोजक, रुद्र महतलाई खाद्य आवास संयोजक, बाबुलाल शाक्यलाई हल तथा मञ्च व्यवस्थापन, सम्पन्न श्रेष्ठलाई स्वयंसेवक परिचालक, हुमा खड्कालाई अथिति सत्कार र सरस्वती खड्का परियारलाई सांस्कृतिक संयोजकको जिम्मेवारी तोकिएको छ ।

यस्तै जिल्ला अधिवेशन पूर्व माघ १० गते देखि २० गते सम्म पालिका स्तरीय बैठक सम्पन्न गर्ने, अधिवेशन सम्पन्न गर्नका लागि प्रतिनिधिबाट रु. एक हजार ५०० र पार्टी सदस्यबाट रु. १०० का दरले आर्थिक सहयोग संकलन गर्ने निर्णय गरेको छ । दशौं जिल्ला अधिवेशनमा पूर्व प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई आमन्त्रण गरिएको एमाले बागलुङले जनाएको छ ।

एमालेका जिल्लाभर पाँच हजार २०० संगठित सदस्य रहेका छन् । अधिवेशन पूर्व संगठित सदस्यलाई वृद्धि गर्नेगरी वडा–वडा तहमै अभियान चलाइने एमाले जिल्ला अध्यक्ष हिरा बहादुर केसीले बताउनुभयो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *