स्वास्थ्यकर्मी माथिको दुर्व्यवहारको निजामती संगठनद्वारा खेद प्रकट



आदर्श अनलाइन, बागलुङ

बडिगाड गाउँपालिकाका स्वास्थ्य संयोजक माथी भएको दुव्र्यवहारको खेद् पर्कट गर्दै बागलुङका ४ वटा निजामती कर्मचारी संगठनले संयुक्त रुपमा प्रेस विज्ञप्ती जारी गरेका छन् ।

नेपाल निजामती कर्मचारी संगठन जिल्ला कार्यसमिति बागलुङ, नेपाल निजामती कर्मचारी यूनियन जिल्ला कार्यसमिति बागलुङ, राष्ट्रिय कर्मचारी संगठन निजामती जिल्ला कार्यसमिति बागलुङ र एकीकृत सरकारी कर्मचारी संगठन नेपाल जिल्ला कार्यसमिति बागलुङका अध्यक्ष, सचिव र सदस्यले संयुक्त रुपमा हस्ताक्षर गरेको विज्ञप्ती जारी गर्दै दोषीलाई कारबाही गर्दै भयरहित वातावरणमा सेवा गर्ने वातावरण सिर्जना गर्न माग गरिएको छ ।

विज्ञप्तीमा जनस्वास्थ्य निरिक्षक विपेन्द्र के.सी.लाई माघ ७ गते कार्यालय जाँदै गर्दा आकस्मिक रुपमा भएको दुर्व्यवहार स्वास्थ्यकर्मीको मनोवल गिराउने कार्य भएको उल्लेख गरिएको छ ।
नेपाल निजामती कर्मचारी संगठन जिल्ला कार्यसमिति बागलुङका अध्यक्ष श्याम कुमार थापाले स्वास्थ्य सेवामा कार्यरत स्वास्थ्यकर्मीहरुको सेवामा बढ्दै गएको असुरक्षाले मुलुकको स्वास्थ्य प्रणाली कमजोर हुँदै गएको भन्दै घटनाको सत्यतथ्य छानविन गरी दोषीलाई कानुनबमोजिम कारवाही गर्न माग गर्नुभएको छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *