देश दर्शन गर्दै ब्रमाण्डीय महायज्ञको मौलो

खेमराज गौतम, बागलुङ
‘अनन्तश्री ब्रह्माण्डीय महायज्ञ’को ३१ फिटको मौलोलाई देश दर्शनमा छ । महायज्ञको प्रचार प्रसार संगै महायज्ञमा निमन्त्रण दिनका लागि मौलो र कलश सहितको राष्ट्रव्यापी यात्रा माघ ७ गते एकादशीको दिन देखि जारी छ ।

अनन्तश्री ब्रह्माण्डीय महायज्ञमा धानले पुरिने ३१ फिट अग्लो मौलोलाई देश दर्शन गराउने गरी थालिएको राष्ट्रव्यापी कलश यात्रा अभियान माघ सात गतेदेखि पञ्चकोटबाट शुरु भएको थियो ।
उक्त मौलोको देश दर्शन यात्रा अहिले आठौ दिनमा छ । म्याग्दी, पोखरा, तनहुँ, काठमाण्डौ देखि हेटौडा बाट पूर्वी चितवन तर्फ लागेको छ । चितवनको टाँडी, नारायणघाट देखि देउघाट पुग्ने कार्यक्रम रहेको छ ।

उक्त मौलो र कलशलाई धार्मीकस्थल संग समेत जोड्दै लगिएको छ । मौलोको स्वागतका लागि विभिन्न स्थानमा हिन्दु धर्मालम्बीहरु ठाउँ–ठाउँमा पुगेको देख्न सकिन्छ । उक्त धान्याञ्चल मौलोलाई पञ्चकोट देखि म्याग्दी हुँदै, पर्वत, पोखरा, तनहुँ, धाँदिङ, काठमाण्डौको पशुपती पु¥याइएको थियो । त्यसपछि मौलोलाई हेटौडा तर्फ मोडिएको हो । उक्त मौलोलाई चितवन हुँदै बुटुवल सम्म पु¥याएर माघ २० गते पञ्चकोट ल्याइने कार्यक्रम रहेको सर्वसिद्धीधाम पञ्चकोटका अध्यक्ष स्वामी दामोदर शास्त्रीले जानकारी दिनुभयो । उक्त मौलोलाई अनन्तश्री ब्रह्माण्डीय महायज्ञमा राखिने र धानले पुरिने छ ।

प्रसिद्ध धार्मीक पर्यटकीय स्थल पञ्चकोट धामका परिकल्पनाकार मुक्तिनाथ पीठाधीश्वसर स्वामी कमलनयनाचार्यको संकल्पमा आगामी फागुन ९ देखि २२ गतेसम्म नेपालकै सबैभन्दा ठूलो महायज्ञ गर्न लागिएको हो । उक्त महायज्ञमा ३१ फिट अग्लो मौलोलाई २१ हजार क्विन्टल धानले पुरिने छ ।
“अनन्तश्री ब्रमाण्डीय महायज्ञमा मौलोको निकै महत्व रहेको छ, उक्त ३१ फिट अग्लो मौलोको प्राण प्रतिष्ठा गरेर कलश सहित राष्ट्रव्यापी यात्रामा निश्केका छौं, पञ्चकोटको महत्व झल्काउदै, ब्रमाण्डीय महायज्ञको प्रचार प्रसार संगै सिंगो नेपालभर महायज्ञको सन्देश दिनका लागि देशभर हिडेका छौं” स्वामी दामोदर शास्त्रीले भन्नुभयो “पञ्चकोट धाम स्थापनाको १० औँ वार्षिकोत्सव पारेर आयोजना गर्न लागिएको यस महायज्ञबाट बैदिक परम्पराको प्रवद्र्धन, आध्यात्मिक चेतनाको अभिवृद्धि, सनातन संस्कृतिको संरक्षणका साथै नेपालको धार्मिक पर्यटन विकासमा टेवा पुग्ने अपेक्षा गरिएको छ ।”

विभिन्न धार्मिकस्थलहरुमा मौलो र कलशलाई पु¥याएर धार्मिक स्थलसंग पञ्चकोटलाई जोड्न खोजिएका कारण महायज्ञको मौलोलाई देश दर्शन गराउन थालिएको हो । यस मौलो सहितको राष्ट्रव्यापी कलश यात्राले पञ्चकोटको महत्व र महिमालाई थप उजागर गर्ने पञ्चकोट विकास समितिले जनाएको छ ।

प्रसिद्ध मुक्तिक्षेत्र र शालग्रामको महिमालाई विश्वस्तरमा पु¥याउन, गोवंशको संरक्षणार्थ वैदिक सनातन हिन्दू समाजलाई प्रेरित गर्न नेपालमै पहिलोपटक ब्रह्माण्डीय महायज्ञको आयोजना गरिएको शास्त्रीले जानकारी दिनुभयो । नेपालको जलसम्पदाको संरक्षण गर्न र वैदिक सनातन हिन्दू धर्मको रक्षा गरी नैतिक, समुन्नत र सच्चरित्रवान् नेपाली समाजको पुनर्जागरण गनका लागि ब्रमाण्डीय महायज्ञले सहयोग पु¥याउने छ ।

पञ्चकोटमा २०७१ सालमा शिलान्यास गरिएको विश्वशान्ति गण्डकी कलशको निर्माणलाई पूर्णता दिन महायज्ञले सहयोग पु¥याउने पञ्चकोटका संस्थापक स्वामी कमलनयनाचार्यले जानकारी दिनुभयो । उक्त ‘अनन्तश्री ब्रह्माण्डीय महायज्ञ’को विश्वकै नमूना महायज्ञ भएको भन्दै महायज्ञको विषयमा देशभर जानकारी गराउने उदेश्यले राष्ट्रव्यापी भ्रमण तय गरिएको कमलनयनाचार्यले बताउनुभयो ।

पञ्चकोटमा हाल सम्म गण्डकी माताको मन्दिर, गरुण शिला लगायतका दर्जनौ मन्दिरमा ५० करोड भन्दा बढी रकम खर्च भइसकेको छ । बागलुङ नगरपालिका–६ स्थित सर्वसिद्धिधाम पञ्चकोटमा १०८ फिट अग्लो विश्व शान्ति कलश निर्माण मात्रै रु. ६० करोड खर्च लाग्ने डिपिआरमा उल्लेख गरिएको छ । उक्त कलश विद्युतीय भ¥याङ सहित १० तलाको हुनेछ ।

पन्ध्र दिनसम्म सञ्चालन हुने ब्रमाण्डीय महायज्ञ पञ्चारप्रसारलाई व्यापकता बनाउने अभियान अन्र्तगत अहिले मौलो सहितको कलश यात्रालार्य देशभर पु¥याउने लक्ष्यका साथ यात्रामा रहेको छ । महायज्ञमा सवा लाखा नरिवल हवन हुनेछ । महायज्ञमा दैनिक १५ हजार भक्तजन पुग्ने विश्वास लिइउको छ । पञ्चकोटले भक्तजनको आवास, खाना, सुरक्षा र प्रसाद लगायतको प्रबन्ध मिलाइएको छ । महायज्ञमा संकलन भएको दानबाट कलश संगै पञ्चकोटका अन्य भौतिक संरचना समेत निर्माण हुनेछन् । महायज्ञका लागि ठाउँ–ठाउँमा स्वागतद्वार तयार भइरहेको र पञ्चकोटमा अस्थायी संरचना धमाधम तयार भइरहेको बागलुङ नगरपाकिला–५ पञ्चकोटका वडाअध्यक्ष रुद्र केसीले जानकारी दिनुभयो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *