प्रेस सेन्टर बागलुङले मनायो स्थापना दिवस


आदर्श अनलाइन, बागलुङ

प्रेस सेन्टर नेपालको २० औ स्थापना दिवस बागलुङमा पनि मनाइएको छ । प्रेस सेन्टर नेपाल बागलुङले २० औं स्थापना दिवस शुभकामना आदान प्रदान तथा चियापान कार्यक्रम गरि मनाएको हो ।

स्थापना दिवसको अवसरमा बोल्दै प्रेस सेन्टर नेपालका केन्द्रिय सदस्य मुकेशचन्द्र राजभण्डारीले पत्रकारहरुले आलोचनात्मक र रचनात्मक चेतका साथ कलम चलाउनुपर्नेमा जोड दिनुभयो । उहाँले पत्रकारमा एकाता हुन आवश्यक रहेको बताउदै पहिला व्यवसायिक पत्रकारिता अनि मात्रै संगठन रहेको बताउनुभयो । श्रमजीवि पत्रकारको समस्या बढ्दै गएको चर्चा गर्दै उहाँले साना लगानीका मिडिया र श्रमजीवि पत्रकारको समस्या समधानमा थप सशक्त बन्नुपर्ने बताउनुभयो ।

प्रेस सेन्टरका केन्द्रिय सदस्य तथा बागलुङ इन्चार्ज नेपाल कोपिला कडेलले कृष्ण सेन ‘इच्छुक’ लगायत महान शहीद, बेपत्ता योद्धाहरूले देखाएको बाटोमा अविचलित रूपमा लागिरहनु पर्नेमा जोड दिनुभयो ।

कार्यक्रममा नेपाल पत्रकार महासंघ बागलुङका सचिव विजय राना, प्रेस चौतारी नेपाल बागलुङ शाखाका अध्यक्ष सिर्जना पन्त, प्रेस युनियन बागलुङका अध्यक्ष सगम घर्ति मगरले शुभकामना मंतव्य व्यक्त गर्नु भएको थियो । कार्यक्रम प्रेस सेन्टर बागलुङका उपाध्यक्ष सञ्जनकुमार सिँहको अध्यक्षता र सचिव अनिष खातीको संचालनमा सम्पन्न भएको थियो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *