बागलुङमा मनाइयो शहिद दिवस


आदर्श अनलाइन, बागलुङ
बागलुङमा मंगलबार शहिद दिवस मनाइएको छ । बागलुङ नगरपालिकाको आयोजनामा बागलुङ नगरपालिका–१ रामरेखा स्थित शहिद पार्कमा शहिदहरुको शालिकमा माल्यापर्ण गरेर मनाइएको छ ।

बागलुङ बजारबाट जनप्रतिनिधि, कर्मचारी तथा राजनैतिक दलको सहभागीतामा प्रभातफेरी सहित शहिदपार्कमा पुगेर कोणसभा गरिएको थियो ।

शहिद दिवस समारोमा बोल्दै प्रमुख अतिथि गण्डकी प्रदेश सरकारका उद्योग पर्यटन वन तथा बातावरणमन्त्री दिपेन्द्र बहादुर थापाले शहिदहरुका कारण परिवर्तन आएको भन्दै परिवर्तनलाई संस्थागत गर्दै दीगोविकासमा लाग्नुपर्ने बताउनुभयो । पर्यटनमन्त्री थापाले शहिद दिवसमा मात्रै शहिदलाई सम्झने परिपाटीको अन्त्य गर्नुपर्ने धारणा व्यक्त गर्नुभएको थियो ।



उहाँले शहिद दिवस कार्यक्रम वर्षेनी खुम्चीदै गएको भन्दै सप्ताहव्यापीहरुपमा भव्य तरिकाले शहिद दिवस मनाउनुपर्ने बताउनुभएको छ । “हामीले शहिदलाई सम्झेर काम गर्न सक्नु पर्दछ, शहिदको बलिदानले मुलुक यो अवस्थामा आएको हो” थापाले भन्नुभयो “अब शहिदको मुल्याङ्कनलाई आत्मसाथ गर्दै काममा लागौं ।”

कार्यक्रममा गण्डकी प्रदेशसभाका सेचत कुशुम बुढामगर, जिल्ला समन्वय समिति बागलुङका प्रमुख अमर बहादुर थापा, प्रमुख जिल्ला अधिकारी खगेन्द्र प्रसारद रिजालले शहिदको सम्मानका लागि सरकारले आगमी वर्षदेखि सार्वजनिक बिदा दिन थालेको भन्दै शहिद दिवसलाई प्रभावकारी बनाउदै लैजान आवश्यक रहेको बताएका थिए ।

शहिद दिवस समारोह कार्यक्रम बागलुङ नगरपालिकाका नगरप्रमुख बसन्त कुमार श्रेष्ठको अध्यक्षता, उपप्रमुख राजु खड्काको स्वागत तथा बागलुङ नगरपालिकाका अधिकृत गौरव राना मगरको सञ्चालनमा सम्पन्न भएको थियो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *