धौलागिरी बहुमुखी क्याम्पस अन्तर्गत बीबीए गुणस्तर समूहको सप्ताहव्यापी कार्यक्रम

रोहन जि.सी, बागलुङ

धौलागिरी बहुमुखी क्याम्पसको बीबीए संकायमा गठित बीबीए गुणस्तर सर्कलले खेल सप्ताह सञ्चालन गरेको छ।

सोमबार उद्‌घाटन भएको खेल सप्ताह कार्यक्रममा विभिन्न अतिरिक्त क्रियाकलाप तथा इन्डोर खेल समापन भएको छ । सप्ताहव्यापी कार्यक्रमको उद्‌‌घाटन गर्दै धौलागिरी बहुमुखी क्याम्पसका क्याम्पस प्रमुख प्राध्यापक डा. राम प्रसाद उपाध्यायले बीबीएका विद्यार्थी पढाई तथा विभिन्न अतिरिक्त क्रियाकलापमा सधै अग्रसर हुँदै आइरहेको र यस्ता किसिमका कार्यक्रमहरुको आयोजनाले विद्यार्थीको पठनपाठन संगै क्षमता विकासमा महत्त्वपूर्ण योगदान गर्ने बताउनुभयो ।

कार्यक्रममा क्याम्पस सहायक प्रमुख हिरालाल रेग्मी, बीबीए संकय प्रमुख जोहन ब्रजाचार्य, धौलागिरी बहुमुखी क्याम्पस स्वतन्त्र विद्यार्थी युनियनका सभापति सुदिप सागर कडेंल लगायतले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो।

उद्‌घाटन कार्यक्रम बीबीए गुणस्तर समूहका संयोजक नारायण खरालको अध्यक्षता, सहसचिव सदिक्षा गौतमको स्वागत र सचिव दिपसागर सुवेदीको सञ्चालनमा सम्पन्न भएको थियो।

त्यस्तै सप्ताहव्यापी कार्यक्रम अन्तर्गत सोमबार र मंगलबार सम्पन्न भएको छात्रा तर्फको म्युजिकल चेयर तर्फ सदिक्षा गौतम प्रथम र सामना शर्मा द्वितीय, क्यारमबोर्ड तर्फ रेखा थापा र सदिक्षा गौतम प्रथम तथा प्रमिला कडेंल र कल्पना घर्ति द्वितीय हुनुभएको छ ।

छात्रा तर्फ टेबलटेनिसमा अनुषा थापा प्रथम र निर्जला शर्मा द्वितीय, छात्रतर्फ ब्याडमिन्टनमा गणेश आचार्य र नारायण खराल प्रथम तथा गणेश थापा र शंकर रिजाल द्वितीय हुनु‌भएको छ।

सो कार्यक्रममा अन्तर संकाय छात्राहरुको रस्साकस्सी प्रतियोगितामा प्रथम हुने तर्फ बीबीएस चौथों बर्षका चन्द्रिका रोका, पनु घर्ति, भगवती थापा, डेनिषा छन्त्याल, सम्झना तामाङ, एलिना गौतम र रविना थापा रहनु‌भएको छ।त्यसैगरी बीबीए संकायमा अध्ययनरत विद्यार्थीहरू बिच सम्पन्न घैटोंफोर प्रतियोगितामा निरूता पोख्रेल प्रथम हुनुभएको छ।

खेल सप्ताह अन्तर्गत बुधबार छात्र तर्फ क्यारमबोर्ड प्रतियोगिता, टेबलटेनिस, छात्रा तर्फ व्याडमिन्टन प्रतियोगिताको फाइनल खेल रहने तथा अन्तर संकाय स्तरीय फुटसल प्रतियोगिताको आयोजना गरिएको स्वतन्त्र विद्यार्थी युनियनका सदस्य गणेश आचार्यले जानकारी दिनुभयो । कार्यक्रमको पुरस्कार वितरण तथा समापन समारोह विहिबार सम्पन्न हुने छ।

धौलागिरी बहुमुखी क्याम्पस अन्तर्गत स्वतन्त्र विद्यार्थी युनियन तथा विद्यार्थी गुणस्तर समुहले पछिल्लो समय पढाईलाई बोझ र तनाबको रुपमा भन्दा पनि मनोरञ्जन सहितको ज्ञान र प्रतिभामा आधारित पढाईलाई प्राथमिकतामा राखेर विभिन्न कार्यक्रमहरू गर्दै आइरहेको र यस्ता किसिमका कार्यक्रमहरुले विद्यार्थीहरुको चौतर्फी विकासमा महत्त्वपुर्ण भुमिका निर्वाह गर्ने स्वतन्त्र विद्यार्थी युनियनका सभापति सुदिप सागर कडेंलले बताउनुभयो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *