सहिदको समृतिमा शिक्षक संघको दीप प्रज्वलन

आदर्श अनलाइन, बागलुङ
सहिद दिवसको अवसमा नेपाल शिक्ष संघ बागलुङले दीप प्रज्वलन गरेको छ । सहित दिवसको अवसरमा सहिदहरको स्मृतिमा लोकतान्त्रिक चोक बागलुङमा दीप प्रज्वलन गरिएको हो । दीप प्रज्वलन कार्यक्रममा बोल्दै नेपाली काँग्रेस केन्द्रीय समिति सदस्य एवं गण्डकी प्रदेश सभाका प्रदेश मामिला तथा कानून समितिका सभापति चम्पादेवी खड्काले सहिदहरुको योगदान र बलिदानले प्राप्त लाकतान्त्रिक गणतन्त्रको रक्षा गर्दै आम नागरिकका अपेक्षाहरु पूरा गर्न सके सहिदको सपना साकार हुने बताईन् ।

‘हामीले राजनीतिक परिवर्तनका लागि धेरै संघर्ष गरेका छौं र पटक पटक राजनीतिक परिवर्तन पनि गरेका छौं,’उनले भनिन्,‘तर त्यसको उपलब्धी संस्थागत गर्ने र नागरिकलाई त्यसको प्रत्याभूत गर्ने विषयमा भने कता कता चुक्दै आएका छौं । सहिदको सपना पूरा गर्नका लागि उपलब्धीलाई संस्थागत गर्दै नागरिकको जीवनस्तर उकास्नुपर्छ ।’ खड्काले समाजले सही मार्गमा डो¥याउनका लागि शिक्षकहरुको महत्वपूर्ण भूमिका हुने बताईन् ।

समाजलाई कुन बाटोमा डो¥याउने भन्नेमा शिक्षकहरुको ठूलो भूमिका हुन्छ,’उनले भनिन्,‘समाजलाई सही मार्गदर्शन दिनका लागि शिक्षकहरुले आफ्नो भूमिकालाई थप प्रभावकारी बनाउनुपर्छ ।’ अहिले समाजमा सकारात्मक भन्दा पनि नकरात्मक विषयले बढ्ता प्राथमिकता पाएको भन्दै सभ्य समाज निर्माणका लागि यो चिन्ताको विषय भएको बताईन् । नेपालको लोकतान्त्रिक आन्दोलनमा सयौं शिक्षकले आफ्नो बलिदानी दिएको नेपाल शिक्षक बागलुङका अध्यक्ष उमाकान्त पौडेलले बताए ।

नेपाल शिक्षक संघमा आवद्ध ८३ जनाले सशस्त्र द्वन्द्वको समया ज्यान गुमाएको उनले बताए । ‘बागलुङका माधव बम मल्ल र हरिलाल पौडेल सहित शिक्षक संघमा आवद्ध ८३ जना साथीहरुले पछिल्लो सशस्त्र द्वन्द्वमा आफ्नो ज्यान गुमाउनुभयो,’उनले भने,‘उहाँहरु सहित परिवर्तनका लागि ज्यान गुमाउनुभएका ज्ञात अज्ञात सहिदहरुको सम्झनामा दीप प्रज्वलन गरिएको हो ।’ नेपाल शिक्षक संघ बागलुङकी हुमा रिजालले स्वागत गरेको कार्यक्रमको सञ्चालन नेपाल शिक्षक संघका वीरबहादुर किसानले गरेका थिए ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *