सिकाइ परियोजनाको जैमिनीमा संयुक्त अनुगमन


आदर्श अनलाइन, बागलुङ
विवाईसी बागलुङद्वारा सञ्चालित सिकाइ परियोजनाको प्रभाविकारिता मुल्याङ्कन गर्नका लागि जैमिनीमा संयुक्त अनुगमन तथा अन्तरक्रिर्या गरिएको छ । जिल्लाको जैमिनी नगरपालिकाको दमेक स्थित दुई वटा विद्यालयको जैमिनी नगरपालिका र परियोजनाको समूहले संयुक्त अनुगमन गरेका थिए । अनुगमनपछि अभिभावक र विद्यार्थी अन्तरक्रिया कार्यक्रम समेत गरिएको थियो ।

जिल्लाको काठेखोला गाउँपालिका र जैमिनी नगरपालिकाकामा सञ्चालित परियोजनाको प्रभावकारिता मुल्याङ्कन गर्दै भावी रणनीति तयार गर्नका लागि संयुक्त अनुगमन हुँदै आएको छ ।
जैमिनी नगरपालिकाको दमेक स्थित भरतपुरी माध्यामिक विद्यालय र जनप्रयि माध्यामिक विद्यालयमा संयुक्त अनुगमन, अभिभावक अन्तरक्रिर्या सम्पन्न गरिएको छ ।

संयुक्त अनुगमनमा सिकाइ परियोजनाका प्रबन्धक फिरोज सिद्दिगि, जैमिनी नगरपालिकाका नगर प्रमुख नर बहादुर पुन, उपप्रमुख हरिहर शर्मा, विवाईसी बागलुङका अध्यक्ष तोयानाथ गौतम, भिएसओ नेपाल परियोजना संयोजक शक बहादुर बुढाथोकी, संयोजक सन्तोष कुमार महतो, विवाईसी पिरयोजना संयोजक पोष्ट केसी, अनुगमन तथा मुल्याङकन अधिकृत बिमल शर्मा, अन्तराष्ट्रिय स्वयंसेवक काम्जागा, राष्ट्रिय स्वंसेवक अनिशा सापकोटा र फिल्ड सुपरभाईजर रमेश पौडेल लगायतको उपपस्थिति रहेको थियो ।

परियोजनाले समाज र विद्यालयमा पारेको प्रभाव, बिद्यालयको पहुँचमा आउने विद्यार्थीको संख्या, अभिभावक संग अन्तरक्रिर्या लगायतको काम गरिएको थियो । अनुगमनमा देखिएका कुरालाई आगमी दिनमा सुधार गर्नका लागि संयुक्त अनुगमन गरिदै आएउको सिकाइ परियोजनाकोे अनुगमन तथा मुल्याङकन अधिकृत बिमल शर्माले जानकारी दिनुभयो ।

सिकाइ परियोजना अन्र्तगत जैमिनी नगरपालिका र काठेखोला गाउँपालिकाका ६० विद्यालयमा आवद्ध ठुलीदिदीहरुलाई परिचालन गरिएको छ । स्वयंसेवी ठुलिदिदीहरु दुई पालिकामा ३ वर्षदेखि परिचालित भएको र वालवालिकालाई विद्यालयको पहुँचमा पु¥याउन सहयोग भएको सिकाई परियोजनाका अनुगमन अधिकृत विमल शर्माले जानकारी दिनुभयो ।



चालु आर्थिक वर्षदेखि दुई वटा पालिकाले आफ्नो बजेट नै छुट्टाएर उहाहरु लाई केही प्रोत्साहन भत्ता थपेर १२७ वटा बिद्यालयमा ६० ठुली दिदिहरु लाई परिचालन गरिएको छ । स्थानीय तहले परियोजनाका राम्रा अभ्यासहरुको कार्यान्वयन गर्दै आउन थालेका छन् ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *