प्रेस चौतारी कपको ट्रफी सार्वजनिक


आदर्श अनलाइन, बागलुङ

प्रेस चौतारी नेपाल जिल्ला शाखा बागलुङले शुक्रबारदेखि आयोजनना गर्ने ‘प्रेस चौतारी कप’ को ट्रफी सार्वजनिक गरिएको छ ।

जिल्ला शाखाले प्रेस चौतारी नेपालको २६ औँ स्थापना दिवसको अवसर पारेर अन्तर विद्यालय स्तरीय फुटबल प्रतियोगिता शुक्रबारदेखि गर्न थालेको छ ।

‘स्वास्थ्यका लागि खेल, खेलका लागि खेलकुद पत्रकारिता’ भन्ने नाराका साथ रु. ५० हजार पुरस्कार राशिको विद्यालय स्तरीय फुटबल प्रतियोगिताको बिहीबार बागलुङ कालिका मन्दिर परिसरमा सार्वजनिक गरिएको छ ।



ट्रफीको जिल्ला खेलकूद विकास समिति बागलुङ अध्यक्ष कुमार खड्काले सार्वजनिक गर्नुभएको थियो । ट्रफी सार्वजनिक पछि बोल्दै खड्काले जिल्लामा खेलकूदका गतिविधि बढ्न थालेको बताउदै प्रेस चौतारी नेपालले स्थापना दिवस पारेर गर्न थालेको प्रेस चौतारी कपले विद्यार्थीमा खेलप्रतिको उर्जा जगाउने बताउनुभएको छ । उहाँले पत्रकारहरुले समेत खेल क्षेत्रलाई अगाढी बढाउन खोज्नु खेल क्षेत्रका लागि खुसीको कुरा भएको बताउनुभएको थियो ।



“खेलाडी उत्पादन विद्यालयबाट हुन्छ, पछिल्लो समय सेलाएका खेलहरु पुन शुरु हुन थालेका छन्” खड्काले भन्नुभयो “खेल क्षेत्रमा छाएको निराशालाई आशावादी बनाउन चौतारीको भूमिका उल्लेख्य छ ।”



५० हजार रुपैयाँ प्रथम पुरस्कार रहेको प्रतियोगिताको उप विजेता समुहले २५ हजार रुपैयाँ प्राप्त गर्ने छन् । उत्कृष्ट खेलाडीलाई विधागत पुरस्कार प्रदान गरिने सचिव अर्जुन कार्कीले जानकारी दिनुभयो । प्रेस चौतारी कपको ट्रफी सार्वजनिक कार्यक्रम अध्यक्ष सृजना पन्तको अध्यक्षता तथा सचिव अर्जुन कार्कीको सञ्चालनमा सम्पन्न भएको छ । चौतारी कपको सबै तयारी पुरा भएको अध्यक्ष पन्तले बताउनुभयो । चौतारी कपमा १२ विद्यालय सहभागी हुँदैछन् ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *