प्रेस चौतारी कपमा क्वाटरफाईनलका खेल पूरा


आदर्श अनलाइन, बागलुङ
बागलुङमा जारी प्रेस चौतारी कप बिद्यालय स्तरीय फुटवल प्रतियोगिताको सेमिफाइनल समिकरण पुरा भएको छ ।

प्रेस चौतारी नेपालको २६ औ स्थापना दिवसको अवसरमा प्रेस चौतारी नेपाल बागलुङ शाखाको आयोजनामा संचालित बिद्यालय स्तरीय फुटवल प्रतियोगिता अन्तरत शनिवार क्वाटर फाइनलको समाप्तीसंगै सेमि फाइनलको समिकरण पुरा भएको हो ।



बागलुङको बाङ्गेचौर खेल मैदानमा संचालितप्रतियोगिताको शनिवार भएको पहिलो खेलमा रेश नुन्थला माविलाई ० का बिरुद्ध ८ गोल गर्दै चिल्ड्रेन लाइफ बोडिङ स्कुल, दोस्रो खेलमा सिगाना माविलाई ० का बिरुद्ध १ गोल गर्दै प्mयुचर व्राइटर बोडिङ स्कुुल सेमिफाइलनमा प्रवेश गरेका छन् ।
त्यसै गरि तेस्रो खेलमा मुलपानी माविलाई ० का बिरुद्ध १ गोल गर्दै आदर्श बिद्यामन्दिर र चौथो खेलमा रुद्रेपिपल माविलाई ० का बिरुद्ध २ गोल गर्दै अमर आर्दश सेमिफाइनमा प्रवेश गरेको प्रेस चौतारी बागलुङ शाखाका सचिव अर्जुन कार्कीेले बताउनुभयो ।



आइतवार सेमिफाइनलको पहिलो खेल बिहान ११ बजे चिल्ड्रेन लाइफ बोर्डिङ स्कुल र आदर्श बिद्यामन्दिर तथा दोस्रो सेमिफाइनल खेल दिउँसो १ बजे फ्युचर व्राइटर बोडिङ स्कुल र अमर आर्दका बिच हुने कार्कीले बताउनुभयो ।

स्वास्थ्यकालागि खेल, खेलकालागि खेलकुद पत्रकारीता भन्ने नाराका संचालित प्रतियोगिताबाट बिजेता समुहलाई नगद ५० हजार सहित ट्रफि, मेडल र प्रमाणपत्र तथा उपबिजेता हुने समुहलाई नगद २५ हजार सहित ट्रफि, मेडल र प्रमाणपत्र प्रदान गरिने र बिद्यागत खेलाडीलाई पनि पुरस्कृत गरिने कार्कीले बताउनुभयो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *