गैरआवासीय नेपाली तारा–२०२३ को उपाधी रुस्तम तामाङलाई

दोहा, कतार

शुक्रबार सम्पन्न गैरआवासीय नेपाली तारा–२०२३ (चौथो संस्करण)को उपाधी रुस्तम तामाङले जित्न सफल भएका छन् । “नेपाली कला संस्कृतिको सम्मान गरौ, प्रवासमा रहेको प्रतिभाको खोजी गरौ” भन्ने नाराका साथ राष्ट्रिय आविष्कार केन्द्र नेपालको सहयोगार्थ गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद कतार र तमु (गुरुङ) समाज कतारले संयुक्त आयोजनामा शुक्रबार सम्पन्न ग्रान्ड फिनालेमा पाँच प्रतिस्पर्धीलाई पछि पार्दे तामाङले उपाधी जित्न सफल भएका हुन ।

यस्तै नृत्य बिधाको उपाधी निरु श्रेष्ठले जित्न सफल भएकी छन् । गैरआवासीय नेपाली तारा बन्न सफल रुस्तम तामाङ र नृत्य विधाकी प्रथम निरु श्रेष्ठलाई कतारको लागि नेपाली राजदुत डा.नरेश विक्रम ढकालले ट्रफी, नगद पुस्कार र प्रमाण पत्र प्रदान गर्नुभएको थियो ।

सो अवसरमा बोल्दै राजदुत ढकालले प्रवासमा काम सँगै नेपालको कला र संस्कृति जगेर्ना गरिरहेका कलाकारको सम्मान र हौसालको लागि अयोजना गरिएको कार्यक्रमको लागि आयोजकलाई आभार व्यक्त गर्नुभएको थियो ।

विजेता सँगै प्रतियोगितामा सहभागी कलाकारलाई आफनो गायन तथा नृत्य विधामा थप सफलताको शुभकामना व्यक्त गर्नुभएको थियो । साथै उहाँले राष्ट्रिय आविष्कार केन्द्र नेपाललाई सहयोग गर्ने पवित्र उदेश्य रहेको कार्यक्रम उल्लेख्य दर्शकको उपस्थितिका विच भव्य रुपमा सम्पन्न भएको भन्दै सहभागि सबैलाई धन्यवाद ज्ञापन गर्नुभएको थियो ।

गायन र नृत्य दुवै विधामा ५–५ जना प्रतियोगि फाइनल चरण पुगेका थिए । गैरआवासीय नेपाली तारा–२०२३ (चौथो संस्करण)को फम्र्याट अनुसार गायन विधा बाट विजेता तामाङलाई गैरआवासीय नेपाली ताराको उपाधी प्रदान गरिएको हो ।

गैरआवासीय नेपाली तारा–२०२३ को उपाधी जित्न सफल रुस्तम तामाङले नगद रु १ लाख एकासी हजार र नृत्य बिधाको विजेता बन्न सफल निरु श्रेष्ठले नगद रु १ लाख पचास हजार रुपैयाँ र ट्रफी तथा प्रमाणपत्र प्राप्त गरेका छन् । यस्तै गायन विधाको उपबिजेता भएका सुजन गुरुङ् र नृत्य विधाका उपविजेता सरोज लामाले समान नगद रु पचहत्तर रुपैया र प्रमाणपत्र प्राप्त गरेका छन् ।

ग्रान्ड फिनालेमा प्रमुख अतिथि निर्णायकको भुमिकामा सुगम संगितका चर्चित गायक रामकृष्ण ढकालले आधा दर्जन बढि गित प्रस्तुत गर्नुभएको थियो । ढकालले प्रवासमा रहेर पनि नेपाली कलाकारको हौसलाको लागि प्रतियोगिता आयोजना गरेकोमा आयोजकलाई धन्यवाद व्यक्त गर्दे सहभागि कलाकारलाई प्राविधिक रुपमा विजेता एकजान हुने भन्दै आफनो साधनामा निरन्तरता दिन आग्रह गर्नुभएको थियो । कार्यक्रममा नृत्य बिधाको अतिथि निर्णायक मोडल तथा कोरियोग्राफर पुर्णिामा श्रेष्ठले पनि नृत्य प्रस्तुत गर्नुभएको थियो ।

ग्रान्ड फिनालेको अथिति निर्णयकमा गैरआवासीय नेपाली संघका निर्वतमान उपाध्यक्ष एवं एनसीसी कतारका पुर्व अध्यक्ष नरेन्द्र भाट र एनआरएनए उप–महासचिव प्रविण गुरुङ रहनुभएको थियो । प्रतियोगिताको शुरु देखी निर्णयकमा गायन तर्फ बिरेन्द्र श्रेष्ठ, गुन्जन तामाङ र मंगल विक र नृत्य विधातर्फ भबिन तामाङ, भीम प्रसाद गुरुङ र जनक लाफा मगर रहनुभएको थियो । प्रतियोगिताको पर्यवेक्षकमा कमलमणि गुराराई, क्रान्ती सिङ, बुधबल गुरुङ र करिम बकस मियाँ रहनुभएको थियो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *