प्रेस चौतारी पत्रकारीता पुरस्कार पौडेल र आचार्यलाई प्रदान गरिने


आदर्श अनलाइन, बागलुङ

प्रेस चौतारी नेपाल जिल्ला शाखा बागलुङ जिल्लामा क्रियाशिल दुई पत्रकारलाई पुरस्कृत गर्ने भएको छ । जिल्ला शाखा बागलुङले प्रदान गर्दै आएको कृयाशिल पत्रकारीता पुरस्कारबाट रेडियो सारथीका स्टेशन प्रमुख कमल पौडेल र कृयाशिल युवा पत्रकारीता पुरस्कारबाट ढोरपाटन दैनिकका सह–सम्पादक सम्पादक तारानाथ आचार्यलाई पुरस्कृत हुने भएका हुन् ।

आईतबार बसेको जिल्ला कमिटिको बैठकले छनोट समितिको सिफारीसका आधारमा पौडेल र आचार्यलाई पुरस्कृत गर्ने निर्णय गरेको हो । जिल्ला शाखाले २०७२ सालमा स्थापना गरेको कृयाशिल पत्रकारीता पुरस्कार जेष्ठता, कृयाशिलता, निरन्तरताका आधारमा हरेक बर्ष अग्रजप त्रकार छनोट गरेर प्रदान गर्दै आएको छ ।

प्रेस चौतारी नेपालका केन्द्रिय उपाध्यक्ष गाणेश पाण्डेकोे भाग्यले बाँचेका डकुमेन्ट्रि प्रदर्शन गरेर उक्त पुरस्कार कोष स्थापना गरिएको थियो । यसअघी उक्त पुरस्कार कोषबाट आठ जनाप त्रकार पुरस्कृत भैसकेका छन् ।

त्यस्तै गत बर्ष स्थापना गरिएको युवा पत्रकारीता पुरस्कार आचार्यलाई प्रदान गर्न लागिएको हो । युवा कृयाशिल पत्रकारीता पुरस्कार पाउने आचार्य पहिलो हुन् ।

समाज परिवर्तनका क्षेत्रमा कलम चलाउने युवा पत्रकारहरु मध्येबाट पुरस्कृत गर्ने गरी उक्त पुरस्कार कोष स्थापना गरिएको थियो । दुवै पुरस्कारको राशी दश/दशहजार रुपैयाँ रहेको अध्यक्ष सिर्जना पन्तले बताउनुभयो । प्रेस चौतारी नेपालको २६ औं स्थापना दिवसका अवसरमा सोमबार पुरस्कार प्रदान गरिने छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *