‘प्रेस चौतारी कप’को उपाधि चिल्ड्रेन लाइफलाई


आदर्श अनलाइन, बागलुङ
प्रेस चौतारी नेपालको स्थापना दिवशको अबसरमा आयोजित प्रेस चौतारी कप फुटबल प्रतियोगिताको उपाधि चिल्ड्रेन लाइफ इङ्लिस बोर्डिङ स्कुलले जितेको छ ।

सोमबार भएको फाइनल खेलमा चिल्ड्रेन लाइफले अमर आदर्श आवासिय माबिलाई २–० गोल अन्तरले पराजित ग¥यो ।

बाङगेचौर खेल मैदानमा आयोजित फाइनल खेलमा चिल्ड्रेन लाइफका लोकमान थापाले १९ औं र बरदान थापाले ३५ औं मिनेटमा गोल गर्दै उपाधि सुनिश्चित गरेका हुन् ।

खेल जितेर चिल्ड्रेन लाइफले ५० हजार नगद पुरस्कारसहित मेडल, ट्रफी र प्रमाणपत्र पायो । अमर आदर्शले २५ हजार रुपैयाँमा चित्त बुझायो । गण्डकी प्रदेशका निवर्तमान मुख्यमन्त्री खगराज अधिकारीले खेलाडीलाई पुरस्कार प्रदान गर्नुभएको थियो ।

। शुक्रबारदेखि संचालित खेलमा १२ विद्यालय सहभागि थिए । खेलमा उत्कृष्ठ खेलाडीलाई समेत विधागत रुपमा पुरस्कृत गरिएको थियो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *