आदर्श अनलाइन, बागलुङ
प्रेस चौतारी नेपाल बागलुङले क्रियाशील दुई पत्रकारलाई पुरस्कृत गरेको छ । जिल्ला शाखा बागलुङले प्रदान गर्दै आएको कृयाशील पत्रकारीता पुरस्कारबाट रेडियो सारथीका स्टेशन प्रमुख कमल पौडेल र कृयाशील युवा पत्रकारीता पुरस्कारबाट ढोरपाटन दैनिकका सह–सम्पादक तारानाथ आचार्यलाई पुरस्कृत गरिएको हो ।
गण्डकी प्रदेशका पूर्व मुख्यमन्त्री खगराज अधिकारीले सोमबार उहाँहरुलाई नगद १० हजार रुपैयाँसहित दोसाल्ला र सम्मान पत्रले पुरस्कृत गर्नु भएको हो । समाज परिवर्तनका क्षेत्रमा कलम चलाउने युवा पत्रकारहरु मध्येबाट पुरस्कृत गर्ने गरी उक्त पुरस्कार कोष स्थापना गरिएको थियो ।
दुवै पुरस्कारको राशी दश÷दशहजार रुपैयाँ रहेको अध्यक्ष सिर्जना पन्तले बताउनुभयो ।