गण्डकी प्रदेश सरकारलाई एमालेको २४ बुँदे ध्यानाकर्षण : सरकारको प्रभावकारिता देखिएन

आदर्श अनलाइन, बागलुङ
गण्डकी प्रदेश सरकार आम गण्डकीबासी जनताको बन्न नसकेको प्रमुख विपक्षी दल नेकपा एमालेले आरोप लगाएको छ । एमाले गण्डकी प्रदेश संसदीय दलका तर्फबाट गण्डकी प्रदेश सरकारका मुख्यमन्त्रीलाई २४ बुदे ध्यानाकर्षण गराउदै सरकार जनताको साझा बन्न नसकेको जनाइएको हो ।

मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेलाई २४ बुदे ध्यानाकर्षण पत्र बुझाउदै एमाले गण्डकी प्रदेश सभा संसदीय दलका नेता तथा निवर्तमान मुख्यमन्त्री खगराज अधिकारीले प्रदेश सरकारको कामलाई प्रभावकारी बनाउन र आम जनतालाई सरकार छ भन्ने अनुभूति दिनका लागि आग्रह गर्नु भएको छ । सरकारका मुख्यमन्त्री र मन्त्रीहरु उद्घाटन र औपचारिक काममा मात्रै सिमित भएका कारण प्रदेशको प्रभावकारिता नदेखिएकोे अधिकारीले बताउनु भएको छ ।

सरकार सबैको अभिभावक हो, कुनै दल वा गठबन्धन विशेषको मात्र होइन भन्ने अनुभूति दिने गरी काम गर्न एमालेले ध्यानाकर्षण गराएको छ । सरकारलाई सचेत बनाउने काम प्रतिपक्षी दलको हो, हामीले रचनात्मक रुपमा सरकारलाई सचेत बनाएका छौ, अधिकारीले भन्नुभयो,–हाम्रो ध्यानाकर्षणलाई वेवास्ता गरेमा विपक्षी दलका तर्फबाट थप शसक्त कार्यक्रम अगाडि बढाउछौ ।

प्रदेश सरकारले चालु आर्थिक वर्षका लागि विनियोजन गरेको पूँजिगत खर्च अन्तरगत पुस मसान्तसम्म १३ दशमलव ३९ प्रतिशत मात्र पूँजिगत खर्च गरेको भन्दै पूँजिगत खर्च वृद्धि गर्नका लागि ध्यानाकर्षण गराएको छ ।

सरकार जनताको अभिभावक बन्न सकेन, विकास निर्माणमा सरकारको प्रभावकारिता देखिएन, आम जनतामा निराशा बढेको छ, निराशा हटाउन तथा आशा जगाउनका लागि काम नसकेको नेकपा एमाले गण्डकी सभाका प्रमुख सचेतक गोविन्द बहादुर नेपालीले बताउनुभयो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *