महिला हिंसा र लागुऔषध दुव्र्यसन बिरुद्ध बेनी बोर्डीङ कप–२०८०


अमृत बास्कुने, म्याग्दी

म्याग्दीको सदरमुकाम बेनीमा लागु पदार्थ दुव्र्यसनी तथा महिला हिंसा बिरुद्धको अभियान सहित बेनी बोर्डीङ कप–२०८० को शुरुआत भएको छ ।

बेनीकै पुरानो मध्येको एउटा निजी विद्यालय बेनी बोर्डीङको आयोजनामा अन्तर आधारभुत विद्यालय स्तरीय बेनी बोर्डीङ कप–२०८० शुरु भएको हो । प्रतियोगिता अन्तरगतका पहिलो चरणका पाँच वटा खेल पहिलो दिनमा भएका छन् । फरक पहिचान र उद्देश्य सहित तल्लो तहबाटै खेलाडीहरु उत्पादन गर्ने उद्देश्य सहित पछिल्लो १२ वर्ष देखि नियमित हुँदै आएको फुटबल प्रतियोगितामा यस वर्ष महिला हिंसा र लागुपदार्थ दुव्र्यसनि बिरुद्ध चेतना जगाउने प्रयास गरिएको विद्यायले जनाएको छ । हरेक खेल सुरु हुँदा दुवै टिमलाई दुई वटा ब्यानर समातेर तस्बीर खिच्ने गरिएको छ । एउटामा लागु औषध दुव्र्यसनि बिरुद्धको जनचेतना मुलक सन्देश छ भने अर्कोमा महिला हिंसा बिरुद्धको सन्देश प्रवाह गर्ने गरिएको छ ।

म्याग्दी जिल्ला भित्रका विद्यालयमा कक्षा ८ सम्म अध्ययनरत विद्यार्थीहरुले सहभागिता जनाएको प्रतियोगितामा पहिलो दिनको खेलमा बेनी सामुदायिक विद्यालयलाई पराजित गर्दै केबी एकेडेमी बिजय भएको छ ।
त्यस्तै बुद्ध एकेडेमीलाई पाजित गर्दै न्यू वेष्ट प्वाइन्ट आवासिय मावि, सरस्वती आधारभुत विद्यालयलाई पराजित गर्दै बेनी बोर्डीङ, प्रकाश माविलाई पराजित गर्दै माउण्ट एभरेष्ट र धौलागिरी मावि सिंगालाई पराजित गर्दै लिटिल गार्डेन एकेडेमीले दोश्रो चरणमा प्रवेश गरेका छन् । पहिलो चरणको दुई वटा खेल बाँकी रहेको बेनी बोर्डीङ कप–२०८० का अफिसियल संयोजक पुरन छन्त्यालले जानकारी दिनुभयो ।

२०६८ साल देखि नियमित रुपमा सञ्चालन हुदै आएको बेनी बोर्डीङ कपको १२ औं संस्करण सम्म आइपुग्दा जिल्लामा नयाँ खेलाडी उत्पादन गर्नका लागि निकै महत्वपूर्ण भूमिका खेलेको बेनी बोर्डीङका सञ्चालक सनम बानियाँले बताउनुभयो । उहाँका अनुसार प्रतियोगिताले कक्षा ८ भन्दा तलका खेल प्रतिभा पहिचानका लागि यो प्रतियोगिताले महत्वपूर्ण भूमिका खेलेको छ ।
बेनी बोर्डीङ कपमा बिजेताले ३० हजार नगद एवम् रनिङ शिल्ड ट्रफि, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् । त्यस्तै उपबिजेताले १५ हजार नगद सहित ट्रफि, मेडल र प्रमाणपत्र प्राप्त गर्ने सञ्चालक बानियाँले जनानकारी दिनुभयो । त्यस्तै उत्कृष्ट खेलाडी, उत्कृष्ट गोल रक्षक, सर्वाधिक गोलकर्ता, उत्कृष्ट डिफेण्डर, मिडफिल्डर, स्ट्राइकर, राइजिङ प्लेयर, अनुशासित टिम र उत्कृष्ट प्रशिक्षकलाई ट्रफि र प्रमाणपत्र प्रदान गरिने छ ।

बेनी बोर्डीङ कपको उद्घाटन गर्दै जिल्ला खेलकुद विकास समितिका अध्यक्ष दिनेश खत्रीले खेल क्षेत्रको विकासमा सबैले हातेमालो गर्नु पर्नेमा जोड दिनुभएको थियो । उहाँले बेनी बोर्डीङले कक्षा ८ सम्मका विद्यार्थीको प्रतियोगिता गरेर नयाँ खेलाडी पहिचानका लागि महत्वपूर्ण भुमिका खेलेको बताउनुभएको थियो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *