अखिल नेपाल युवक संघको मोटरसाईकल मार्च


आदर्श अनलाइन, बागलुङ

राष्ट्रिय जनमोर्चा निकट अखिल नेपाल युवक संघले बरेङ देखि निसी सम्मको ५ दिने मोटरसाईकल मार्च बुधबारबाट शुरु गरेको छ ।

‘बढ्दो महंगी,अनियमितता, ढिला सुस्ती र भ्रष्टचारको अन्त्य गरौ’ भन्ने मुलनाराका साथ अखिल नेपाल युवक संघको ४३ औं स्थापना दिवसको अवसरमा अखिल नेपाल युवक संघ बागलुङको आयोजनमा जिल्लाव्यापी मोटरसाईकल मार्च थालिएको हो ।

बुधबार देखी बरेङ गाउँपालिका बरेङ बजार देखि उद्घाटन गरिएको मार्च बिहीबार बागलुङ बजारबाट काठेखोला तर्फ लाग्ने छ ।

अखिल नेपाल युवक संघ केन्द्रिय अध्यक्ष कृष्ण पाण्डेद्वारा बुधबार बरेङमा मोटरसाईकल मार्चको उद्घाटन गर्नुभएको थियो ।
उहाँले बढ्दो भष्ट्राचार र अनियमितता बिरुद्ध मोटरसाईकल मार्च गर्न थालिएको बताउनुभयो ।
कार्यक्रम बरेङ बजार, बाटाकाचौरको नयाँ बजार, खाल्ले, साग्दी, हुग्दिशिरको बराहकोट, धुल्लुबाँस्कोटको, लिउवाँ, जैमिनी नगरपालिकाको पैंयुथन्थाप, राङखानी ब्याडथला हुदै सर्कुवा देखी बिनामारे सम्म पहिलो दिनको ¥याली गरिएको थियो ।

¥यालीको बिहीबार दोस्रो दिन कुश्मीसेरा, अमलाचौर, नारायणस्थान, पैयुँपाटा, रामरेखा, बागलुङ बजार, अक्षेते, धम्जा र तंग्रामसम्म गरिने आयोजकले जानकारी गराएको छ ।

जिल्लाव्यापी रुपमा ५ दिनसम्म सञ्चालन हुने मोटरसाईकल र्याली जिल्लाको १० वटै पालिकामा पुगेर २८ गते निसीखोला गाउँपालिकामा समापन गरिने अखिल नेपाल युवक संघ बागलुङका जिल्ला अध्यक्ष भगिन्द्र थापाले जानकारी दिनुभयो । मोटरसाईकल मार्चमा एक सय मोटरसाईकल समावेश छन् ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *