आदर्श सञ्चार सहकारी संस्थाद्वारा राहत हस्तान्तरण

आदर्श अनलाइन, बागलुङ
आदर्श सञ्चार सहकारी संस्था लिमिटेड बागलुङले राहत हस्तान्तरण गरेको छ । संस्थाका शेयर सदस्यहरु दल बहादुर बस्याल र रमेश बस्यालकी ममतामयी माता तथा शेयर सदस्य सुजन बस्यालकी हजुरआमा बागलुङ नगरपालिका–२, रुद्रेपिपल निवासी चमेली सर्किनी (बस्याल) को निधनप्रति दुःख व्यक्त गर्दै घरमै पुगेर श्रद्धाञ्जली सभासँगै राहत हस्तान्तरण गरेको हो ।

बस्यालको निधन भएको नवौं दिनको पुण्यतीथि पारेर श्रद्धाञ्जली सभासहित परिवारलाई आदर्श सञ्चार सहकारी संस्थाले राहत रकम हस्तान्तरण गरेको हो ।
श्रद्धाञ्जली सभामा संस्थाका सल्लाहकार, सुरेश प्रसाद श्रेष्ठ, उपाध्यक्ष ललिता थापा, सञ्चालक अम्बिका जि.सी., शेयर विभाग प्रमुख मनकुमारी के.सी. (करिश्मा), रिसेप्सनिष्ट हरिराम शर्मा लगायतले एकाघरका परिवारका सदस्यको निधनमा प्रदान गरिने मृत्यु राहत स्वरुप नगद रु. दश हजार रुपैयाँ स्वर्गीय बस्यालका छोरा रमेश बस्याललाई हस्तान्तरण गर्नुभएको थियो ।

आदर्श सञ्चार सहकारी संस्थाले सदस्य राहत कोषबाट शेयर सदस्यको निधनमा रु.१५ हजार र शेयर सदस्यका एकाघरका परिवारका सदस्यको निधनमा रु.५ हजार रकम राहत स्वरुप प्रदान गर्दै आएको छ ।

आदर्श सञ्चार सहकारी संस्थाले स्थापनाकाल देखि नै धौलागिरी जागरण दैनिक पत्रिका प्रकाशनसंगै सहप्रकाशन अग्रसर साप्ताहिक, आदर्शसञ्चार अनलाइन, धौलागिरी टेलिभिजनमा सहकार्य गर्नुका साथै वित्तीय तथा सामाजिक क्षेत्रमा समेत काम गर्दै आइरहेको छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *