गायक सपुतद्वारा १०० विपन्न विद्यार्थीलाई विद्यालय पोसाक सहयोग

आदर्श अनलाइन, बागलुङ
चर्चित लोक गायक प्रकाश सपुतले जन्मगाउँको एक विद्यालयका गरिब तथा अति विपन्न बालबालिकालाई विद्यालय पोसाक सहयोग गर्नु भएको छ । बागलुङको काठेखोला गाउँपालिका–३ धम्जा स्थित जनता माध्यमिक विद्यालयका एक सय जना बालबालिकालाई विद्यालय पोसाक सहयोग गर्नु भएको हो ।

धम्जा गायक सपुतको जन्मगाउँ हो भने उक्त विद्यालयको उहाँ पूर्व विद्यार्थी हुनुहुन्छ । उहाँले प्रकाश सपुत फाउण्डेसनमार्फत विद्यार्थीलाई पोसाक उपलब्ध गराएको विद्यालयका प्रधानाध्याकप कुलबहादुर थापाले जानकारी दिनुभयो । यस विद्यालयमा अधिकांश गरिब तथा विपन्न बालबालिकाले अध्ययन गर्दै आएको भन्दै गायक सपुतले एक लाख १५ हजार बराबरको पोकल उपलब्ध गराएको उहाँको भनाइ छ ।

ट्रयाकसुटसहितको सेट उपलब्ध गराएपछि उनीहरुलाई ठूलो राहत मिल्ने प्रधानाध्यापक थापाले बताउनुभयो । जाडोको समयमा विद्यार्थीहरु कठ्याङ्ग्रिएर बिरामी पर्ने र विद्यालय नआउने समस्या भएको बेला सपुतको यो सहयोगले विद्यार्थीलाई न्यानो हुनुका सार्थी नियमित विद्यालय आउन सहयोग पुग्ने उहाँ बताउनुहुन्छ ।

“दुर्गम गाउँको विद्यालय भएको हुँदा यहाँ धेरै जसो विपन्न परिवारका बालबालिकाले अध्ययन गर्छन्, उनीहरुसँग गतिलो कपडा पनि हुँदैन, जाडोमा निकै समस्या भोग्ने गरेका छन्, उहाँले (प्रकाश सपुत)ले १०० सेट ‘ड्रेस’ उपलब्ध गराउनु भएको छ,” प्रधानाध्यापक थापाले भन्नुभयो – “यसले विद्यार्थीहरुलाई जाडो छल्नका लागि केही दहसम्म सहयोग पुग्ने छ, भने विद्यालय आउन पनि प्रेरित गर्ने छ ।”

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *