चिल्ड्रेन लाइफ जुनियर रेडक्रस सर्कलका विद्यार्थीद्वारा ब्लड क्यान्सर पिडितलाई आर्थिक सहयोग

रोहन जि.सी, बागलुङ

चिल्ड्रेन लाइफ इंग्लिस बोर्डिङ स्कुलमा गठित जुनियर रेड्क्रस सर्कलले बागलुङ नगरपालिका वडा नं. १ रामरेखाका ब्लड क्यान्सर पिडित तारा थापाको उपचारको लागी एक लाख सोह्र हजार आठ सय पैसठ्ठी नगद सहयोग रकम शुक्रबार हस्तान्तरण गरेको छ ।

चिल्ड्रेन लाइफ इंग्लिस बोर्डिङ स्कुलको कक्षा ८ मा अध्यननरत संगीता थापा तथा कक्षा ५ मा अध्यननरत सचिन थापा कि आमा तारा थापा ब्लड क्यान्सरबाट पीडित भएकोले विद्यालयका शिक्षक, कर्मचारी र विद्यार्थीबाट संकलित सहयोगार्थ रकम विद्यालयको तर्फबाट प्रधानध्यापक नवराज श्रेष्ठ, लेखापाल शिवलाल शर्मा, शिक्षिका आरती थापा, चिल्ड्रेन लाइफ युवा रेड्क्रस सर्कलका शिक्षक नायक तार्जन कायत मगर र अध्यक्ष मन्जिला बि.कको उपस्तिथिमा पीडितको तर्फबाट पीडितका छिमेकी तथा समाजसेवी नर बहादुर थापा र तुलबिर श्रीसलाई नगद सहयोग रकम हस्तान्तरण गरिएको हो ।

ब्लड क्यान्सरबाट पिडित तारा थापाको हाल छाउनी स्थित आर्मी हस्पिटलमा उपचार भैरहेको छ। स्वास्थ्यमा थप जटिल्ता आउन नदिन सके राम्रो हुने डाक्टरको सल्लाह बमोजिम पिडितले सहयोगको अपेक्षा गरेका हुन् । उपचारमा धेरै रकम लाग्ने भएपछि आर्थिक सहयोग जुटाउन परिवारलाई थप समस्या परेको छ ।

विद्यालयको जुरेस चिल्ड्रेन लाइफद्वारा विगतमा पनि विभिन्न प्रकारका सहयोग प्रदान गर्दै आइरहेको विद्यालयका प्रिन्सिपल नवराज श्रेष्ठले बताउनुभयो । विपन्न वर्गका ७ विद्यालयका विद्यार्थीलाई पोशाक उपलब्ध गराउने, रकमको अभावमा उपचार सेवा बाट बञ्चित विरामीलाई सहयोग रकम उपलब्ध गराउने, विपन्न वर्गलाई खाद्य सामाग्री सहयोग उपलब्ध गराउने प्रकारका कार्यहरुमा निरन्तर जोड दिईरहेको जुनियर रेडक्रस सर्कल सभापति मञ्जिला वि.कले जानकारी दिनुभयो।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *