न्यु एभरेष्ट कपको उपाधि आदर्श विद्यामन्दिरलाई

रोहन जि.सी, बागलुङ

न्यु एभरेष्ट कप अन्तर विद्यालय (७ कक्षा) स्तरीय फुटसल प्रतियोगिताको उपाधि आदर्श विद्यामन्दिर माध्यमिक विद्यालयले हात पारेको छ ।

आदर्शले शनिबार भएको फाइनल खेलमा सिद्धार्थ शिक्षा सदनलाई २–१ गोल अन्तरले पराजित गर्दै उपाधि जितेको हो ।

न्यू एभरेष्ट एकेडेमी बागलुङको बार्षिकोत्सव तथा अभिभावक दिवसको पूर्वसन्ध्यामा (आधारभूत तह कक्षा ७) विद्यालयस्तरीय फुटसल प्रतियोगिता आयोजना गरिएको हो ।

प्रतियोगितामा १४ विद्यालयका १७ टिमको सहभागिता थियो ।
रस आवर फुटसल गुठीको खेल मैदानमा सञ्चालन भएको प्रतियोगितामा विजेता आदर्श विद्यामन्दिर माध्यमिक विद्यालयले १२ हजार ७ सय ७७ रुपैयाँ र उपविजेता सिद्धार्थ शिक्षा सदनले ७ हजार ७ सय ७७ रुपैयाँसहित ट्रफी मेडल र प्रमाणपत्र प्राप्त गरेको न्यु एभरेष्ट एकेडेमीका खेल प्रशिक्षक रोशन लामिछानेले जानकारी दिनुभयो।

प्रतियोगितामा फ्युचर ब्राईटरका शिव थापा सर्वोत्कृष्ट खेलाडी, र आदर्श विद्यामन्दिर माध्यमिक विद्यालयका उत्कृष्ट गोलरक्षक अभिषेक बोहोरा बनेका छन् ।

विद्यार्थी मैत्री वातावरणमा सिर्जनात्मक र रचनात्मक आन्तरिक खेलसहित साँस्कृतिक नृत्य प्रतियोगिता र अन्तर माविस्तरीय हाजिरीजवाफ प्रतियोगिता आयोजना गरेको विद्यालयले जनाएको छ । विद्यालयको वार्षिकोत्सब माघ ५ गते मुल समारोहका बिच समापन हुनेछ ।

कार्यक्रम न्यु एभरेष्ट एकेडेमीका प्रधानध्यापक कृष्ण अधिकारीको अध्यक्षता र सूचना अधिकारी तथा शिक्षक भुमिराज शर्माको संचालनमा सम्पन्न भएको थियो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *