जनयुद्ध दिवसको अवसरमा ताराखोलामा सार्वजनिक बिदा

आदर्श अनलाइन, बागलुङ
जनयुद्ध दिवसमा बागलुङकाे ताराखोला गाउँपालिकाले सार्वजनिक बिदा दिएको छ ।

गाउँपालिकाकाे गत माघ १९ गते बसेको गाउँकार्यपालिकाको बैठकको निर्णयले फागुन १ गते जनयुद्ध दिवसको अवसरमा सार्वजनिक बिदा भन्दै सूचना प्रकाशित गरेको छ ।

उक्त दिन ताराखोला गाउँपालिकाको कार्यालय, गाउँपालिका भित्र गाउँपालिका मातहतमा रहेका सम्पुर्ण वडा कार्यालय, शैक्षिक संस्था, स्वास्थ्य संस्था, सहकारी लगायत सम्पुर्ण सरकारी कार्यालयहरुमा सार्वजनिक बिदा दिईएको ताराखोला गाउँपालिकाका अध्यक्ष धन बहादुर विकद्धारा हस्ताक्षरीत सूचनामा उल्लेख गरिएको छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *