उद्योग वाणिज्य संघ रघुगंगाको अध्यक्षमा खत्री

आदर्श अनलाइन, म्याग्दी
म्याग्दी उद्योग वाणिज्य संघ रघुगंगा इकाइको दोश्रो अधिवेशनबाट बालकृष्ण खत्रीको अध्यक्षतामा सर्वसम्मत कार्यसमिति चयन भएको छ ।

नवनिर्वाचित समितिको उपाध्यक्षमा रमेश सुवेदी, सचिवमा टिकाबहादुर सेन र कोषाध्यक्षमा जयन्ती शर्मा चयन हुनुभएको छ । समितिको सदस्यहरुमा भीमबहादुर थापा, रिमबहादुर विश्वकर्मा, मनबहादुर कार्की, चित्रबहादुर गर्बुजा, नवराज शर्मा, कृष्ण बिश्वकर्मा चयन हुनु भएको छ ।

भगवतीमा भएको अधिवेशनमा बोल्दै रघुगंगा गाउँपालिका–२ का अध्यक्ष अमृत भण्डारीले कुनै पनि नागरिकले व्यवसाय दर्ता गरेर मात्रै सञ्चालन गर्न आग्रह गर्नु भएको थियो । उहाँले आफ्नो चाहना भएमा व्यवसाय गर्नु पर्छ र व्यवसाय शुरु गर्नु भन्दा पहिला व्यवसाय दर्ता गर्न भने भुल्न नहुनेमा उहाँले सचेत गराउनु भएको थियो ।

म्याग्दी उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष सुविन श्रेष्ठले सबै व्यवसायीको हक र हितलाई ध्यानमा राख्दै राज्यले कदम चाल्नु पर्नेमा जोड दिनुभएको थियो । कार्यक्रममा म्याग्दी उद्योग वाणिज्य संघका प्रथम उपाध्यक्ष राजेश शाक्य, द्वितिय उपाध्यक्ष लिलाराम गौतम, महासचिव अमित बानियाँ, सदस्य मोतिलाल पौडेललगायतको उपस्थिति रहेको थियो ।

इकाइ अध्यक्ष यामकुमारी गर्बुजाको अध्यक्षता, रमेश सुवेदीको स्वागतमा सम्पन्न कार्यक्रमको सञ्चालन रामचन्द्र सुवेदीले गर्नुभएको थियो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *