धौलागिरि बहुमुखी क्याम्पसको ६१ औं वार्षिकोत्सवमा सप्ताहव्यापी कार्यक्रम

आदर्श अनलाइन, बागलुङ

धौलागिरि बहुमुखी क्याम्पसले स्थापनाको ६१ औं वार्षिकोत्सव सप्ताहव्यापी रुपमा मनाउने भएको छ । सोमबार आयोजित पत्रकार सम्मेलनमा क्याम्पस प्रमुख रामप्रसाद उपाध्यायले जानकारी ६१ औ बार्षिकोत्सव विभिन्न कार्यक्रम गरि मनाउन लागिएको बताउनुभयो ।

२०१९ सालमा स्थापना भएको क्याम्पसले शैक्षिक क्रियाकलाप तथा अतिरिक्त कार्यक्रम गरेर वार्षिकोत्सव मनाउन लागेको हो । स्वतन्त्र विद्यार्थी युनियनको साथ र सहयोगमा क्याम्पसले विभिन्न क्रियाकलाप गर्ने जानकारी दिइएको हो ।

फागुन २ गते सरस्वती पूजा र त्यसअघि सरसफाइ कार्यक्रमसँगै वार्षिकोत्सवका मनाउन थालिने भएको छ । मानव सेवा आश्रममा सहयोग वितरण, विज्ञान हाजिरीजवाफ, छात्र र छात्राहरुको संकायगत भलिबल प्रतियोगिता, दौड प्रतियोगिता, गजल, गीत तथा कविता, खोखो प्रतियोगिता आयोजना भएको हो ।

त्यस बाहेक कब्ड्डी, व्याडमिन्टन, एथलेटिक्स, लठो तान्ने, प्राध्यापक र कर्मचारीको घैटोफोर प्रतियोगिता, पुरस्कार बितरण, जलपान समारोह र फागुन ८ गते मुल समारोह, शैक्षिक क्षेत्रको उन्नयनका लागि बहस तथा छलफलका कार्यक्रम पनि जोडिने बताइएको छ ।

क्याम्पस प्रमुख प्राध्यापक डाक्टर रामप्रसाद उपाध्यायको अध्यक्षता, सहायक प्रमुख हरिप्रसाद पाण्डेयको संचालनमा सम्पन्न कार्यक्रममा क्याम्पस व्यवस्थापन समितिका अध्यक्ष प्राध्यापक डाक्टर दिनबहादुर थापाले मन्तव्य व्यक्त गर्नु भएको थियो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *