विद्यामन्दिर पुस्तकालयको ७७ औं स्थापना दिवस


आदर्श अनलाइन, बागलुङ
विद्यामन्दिर पुस्तकालय बागलुङको ७७ औं स्थापना दिवस त्रिदिवसीय कार्यक्रमका साथ सम्पन्न भएको छ ।

स्थापना दिवसको अवसरमा सरस्वती पुजा सहित मुल समारोह आयोजना गरिएको थियो ।
मुल समारोहमा पुुस्तकालयका पुर्व अध्यक्षलाई सम्मान, बालबालिकालाई स्टेशनरी सामाग्री सहयोग तथा पुस्तकालयका सुभेच्छुकलाई सम्मान गरिएको थियो ।

मुल समारोहको अवसरमा पुस्तकालयका पुर्व अध्यक्ष लालचन्द्र राजभण्डारी, विश्वज्योती गौचन, हिक्मत गौचन र महेशकुमार राजभण्डारीलाई सम्मान पत्र सहित दोसल्ला ओढाएर सम्मान गरिएको हो । पुस्तकालयको विकासमा योगदान पु¥याए बापत पूर्व अध्यक्षलाई सम्मान गरिएको पुस्तकालयका अध्यक्ष राम थापाले जानकारी दिनुभयो ।



त्यसैगरी पुस्तकालयका बिभिन्न कोष स्थापना गर्ने अक्षयकोषदातालाई पनि सम्मान गरिएको छ । जसअन्र्तगत सिशिर हेमन्त अक्षयकोषदाता श्याम श्रेष्ठ, गंगाप्रसाद स्मृति कोषका रामप्रसाद शर्मा, हरिमोहन अक्षयकोषका महेशचन्द्र प्रधान र कविराज जुनु अक्षयकोषदाताका तर्फबाट कविराज सुनार लाई सम्मान गरिएको हो ।

मूल समारोह कार्यक्रममा प्रमुख अतिथि गण्डकी प्रदेशसभा सदस्य कुशुम बुढा मगरले पुस्तकालयको आधुनिक युगमा समेत महत्व बढेको बताउनुभयो । उहाँले बौदिक क्षेत्रको धरोहरका रुपमा रहेको पुस्तकाले जिउदो इतिहास रहेको बताउनुभयो । बुढाले पुस्तकालय ईतिहास भएकाले यसलाई संरक्षण गर्ने जिम्मा सबैको भएको बताउनुभयो । उहाँले पुस्तकालयको बिकासका लागि गण्डकी प्रदेश सरकारका तर्फबाट आर्थिक सहयोग गर्ने प्रतिबद्धता जनाउनुभयो ।



सम्मानित सबैलाई गण्डकी प्रदेश सभा सदस्य कुशुुम बुढा र पुस्तकालयका अध्यक्ष राम थापा अबिरलले सम्मान गर्नुभएको थियो ।

कार्यक्रममा बागलुङ समाज कल्याण केन्द्र काठमाण्डौैंका अध्यक्ष रसुमिला श्रेष्ठले पुस्तकालय अन्र्तगतको बालबिकास केन्द्रमा अध्यनरत बालबालिकालाई स्टेशनरी र पुस्तकालयलाई पुस्तक सहयोग गर्नु भएको थियो । त्यसैगरी पुस्तकालयका अक्षयकोषदाता स्याम श्रेष्ठले स्थापना गरेको शिसिर हेमन्त कोषबाट पनि बालबालिकाका लागि ब्लाङ्केट र शैक्षक समाग्री प्रदान गर्नुभएको थियो । उक्त कोषमा रु. एक लाख कोष थप गर्नु भएको थियो ।


कार्यक्रममा पुस्तकालयका कार्यबाहक प्रधान संरक्षक लालचन्द्र राजभण्डारी, सल्लाहकार प्राज्ञ प्रेम छोटा, पुस्तकालयका सदस्य तथा संरक्षक साहित्यकार काजिरोशन, संंरक्षक तथा अक्षयकोषदाता श्याम श्रेष्ठ, निवर्तमान अध्यक्ष रामप्रसाद शर्मा, बागलुङ समाज कल्लाण केन्द्र काठमाण्डौका अध्यक्ष रसुमिलाश्रेष्ठ लगायतले मन्तव्य व्यक्त गर्नुुभएको थियोे ।

पुस्तकालयको ईतिहासबारे पुर्व अध्यक्ष मुकेशचन्द्र राजभण्डारीले जानकारी गराउनुभएको थियो । कार्यक्रम पुस्तकालयका अध्यक्ष राम थापा अबिरलकोे अध्यक्षता, उपाध्यक्ष रामचन्द्र शर्माको स्वागत र सचिव राजनप्रसाद शर्माको संचालनमा सम्पन्न भएको थियो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *