वार्षिकोत्सवको अवसरमा रक्तदान

आदर्श अनलाइन, बागलुङ
धवलागिरि बहुमुखी क्याम्पसकाे ६१ औँ वार्षिकोत्सवको अवसरमा रक्तदान भएको छ । क्याम्पस संचालक समितिका अध्यक्ष प्रा.डा. दिनबहादुर थापा र प्रमुख प्रा. डा. रामप्रसाद उपाध्यायले रक्तदान अभियानको थालनी गर्नुभएकाे थियाे।

अंग्रेजी विभागको आयोजनामा गरिएको रक्तदानमा विद्यार्थी, प्राध्यापक र कर्मचारीले रक्तदान गरेका थिए । रक्तदान जीवन दान सरह भएकोले दजनौंको रगत संकलन मात्र नभई तत्काल संकलन गर्न सकिने गरी कतिपय दाताको नाम ठेगाना राखेको नेपाल रेडक्रस सोसाइटीका उपसभापति राजेन्द्र आचार्यले बताउनुभयाे ।

त्यस्तै कार्यक्रममा थापाले रक्तदान सामाजिक अभियान समेत भएको बताउनुभयाे । उनले रक्तदानबाट जीवन बचाउन सकिने भएकोले शैक्षिक क्षेत्रले आम नागरिकको स्वास्थ्यमा पनि चासो राखिएको बताउनुभयाे। कार्यक्रम उपप्राध्यापक हरिप्रसाद पाण्डेयले संचालन गर्नु भएकाे थियाे ।

वार्षिकोत्सवकै असरमा क्याम्पसले मानवसेवा आश्रमका आश्रितलाई खाना खुवाउने कार्यक्रम गरेको हो । आश्रमका संचालक विपना तामाङले प्राज्ञिक क्षेत्रले आश्रितको स्वास्थ्य र हेरचाहमा पनि साथ दिएको बताउनुभयाे ।

बागलुङस्थित आश्रममा ५१ जना आश्रित छन् । तीमध्ये अधिकांस महिला र बालबालिका छन् । घर परिवारबाट हेलाहामा परेका, विभिन्न कारणले सडकमा आइपुगेकाहरुलाई यहाँ संरक्षण गरेर राखिएको छ । २०१९ सालमा स्थापना भएको क्याम्पसले वार्षिकोत्सवको अवसरमा साताव्यापी कार्यक्रम राखेको छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *